सरकारले धान दिवस मनाइ रहदा पर्सामा ८० प्रतिशत खेत बाँझै

सरकारले धान दिवस मनाइ रहदा पर्सामा ८० प्रतिशत खेत बाँझै

वीरगन्ज : आज असारे पन्ध्र। यसदिन धान रोपाईं गरी दही र चिउरा खाने चलन छ । सरकारले यस दिनमा धान दिवससमेत मनाउँदै आएको छ । लोक मान्यताअनुसार असार १५ मा धान रोपाइँ सकेर खुशीयालीमा किसानले दहि चिउरा खाने प्रचलन छ । तर, यो वर्ष मध्य असार सकिदा पनि पर्सामा  ८० प्रतिशत खेत बाँझै रहेको छ ।

सिंचाइ र मल अभावका कारण पर्सामा असार १५ सम्म २० प्रतिशत मात्र रोपाइँ भएको र ८० प्रतिशत खेत बाँझै रहेको कृषि ज्ञान केन्द्रका प्रमुख मुनिलाल प्रसादले बताए । 

उनका अनुसार, बुधबार असार १५ मा धान दिवसको अवसरमा केन्द्रले पनि पर्साको पर्सागढी नपा ३ बिरुवागुठी स्थित एक किसानको खेतमा धान रोपाइँ कार्यक्रम गरेर औपचारिक रुपमा धान दिवस मनाएको छ । 

तर, जिल्लाभरमा बुधबार सम्म २० प्रतिशत मात्र रोपाइँ हुन सकेको उनले बताए ।

 जिल्लाको उत्तरी भेगमा १५ प्रतिशत र दक्षिणी भेगमा भने ५ प्रतिशत मात्रै रोपाइँ हुन सकेको उनले जानकारी दिए । 

केन्द्रका अनुसार, पर्सा जिल्लामा ४७ हजार १ सय ३० हेक्टर जग्गामा धानको खेती हुने गरेको छ । त्यो मध्ये चैतेधानको खेती ३ हजार ५० हेक्टर र बाँकी ४४ हजार ८० हेक्टरमा अगहनी (मंसिरे ) धानको खेती हुने गरेको केन्द्र प्रमुख मुनिलालले बताए । 

पर्सामा आकाशे पानी र गण्डक नहरको पानीको भरमा किसानले धानखेती गर्दै आएका छन् । तर यसपाली वर्षा पनि समयमा नभएको र गण्डक नहरमा पनि नहरको दुईवटा पुल मर्मत जारी रहेका कारण सिंचाइ अभावले किसानले  धान रोपाइँ समयमै गर्न नपाएका हुन् । 

दुई दिनयता वर्षा भइरहेको भएपनि ब्याडमा बेर्ना तयार भइ नसकेका कारण धान रोपाइँ चाहे जति हुन नसकेको उनले बताए । 

मुनिलालले भने,'एक त समयमा पानी नै परेन , जसका कारण किसानले समयमा बीउ ब्याडमा राख्न पाएनन् , अहिले दुई दिनयता वर्षा भएपनि बेर्ना नै तयार भइसकेको छैन । 

रासायनिक मल अभाव हुँदा पनि किसानले समयमा ब्याडमा धानको बीउ राख्न नपाएको उनले बताए । 

समयमा धान रोपाइँ हुन नसक्नुको अर्को प्रमुख कारण गण्डक नहरमा यसपाली समयमा पानी नआउनु पनि रहेको केन्द्रका प्राविधिक सुरेश प्रसाद चौरसीयाले बताए । 

धन खेतीको सिजनका लागि भारतले नेपाल तर्फको नहरमा असार १५ भित्रैमा पानी छोडि सक्नुपर्ने नेपाल भारतको गण्डक सम्झौतामा उल्लेख छ । तर गण्डक नहरमा अहिलेसम्म पानी नै आएको छैन । 

नारायणी सिंचाइ व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकारी इन्जिनियर सुबोध कुशवाहाका अनुसार, यसपाली भने गण्डक नहरअन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर २७ मा २ वटा ‘फुट ब्रिज’ निर्माणाधीन रहेको र तीनवटाको काम सम्पन्न भएकाले नहरमा नेपालतर्फ पानी आउन ढिला हुने भएको हो ।

पुल निर्माणको काम सक्न अझै करिब एक साता लाग्ने भन्दै  उनले असार २० गते पछि मात्रै गण्डक नहरमा पानी आउने सम्भावना रहेको बताए ।

जिल्लाको दक्षिणी भेगका किसानले गण्डक नहरकै पानीको भरमा धानको खेती गर्दै आएका छन् । अहिले दुई दिनयता वर्षा भइरहेको भएपनि सिंचाइ र मलखादको अभावले बेर्ना तयार भइ नसकेका कारण धानको रोपाइँ सुरु गर्न नसकेको किसान ब्ताउँछन् ।  

पर्साको पकाहामैनपुर गाउँपालिका १ धोरेका किसान जोगी यादव  भन्छन् , 'असार १५ भइ सक्यो तर रोपाइँ एक चौथाइ पनि हुन सकेको छैन , अहिले पानी त  परेको छ तर ब्याडमा बेर्ना नै तयार भएको छैन । 
पानी र मल कुर्दा कुर्दै केहि उपाय नलागेपछि पम्पीसेटबाट पानी लगाएर जेठ मसान्त तिर मात्रै ब्याडमा बीउ राखेको तर उक्त बीउ अहिलेसम्म तयार नै नभएको यादवले बताए । 

यादवले भने, 'नहरमा पनि अहिलेसम्म पानी आएको छैन , मलखादको त कुरै गर्नु बेकार छ , इण्डिया गएर तेब्बर भाउमा किनेर ल्याउँदा पनि बोर्डरमा पुलिसले हैरान पार्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.