पर्सामा शम्सानघाटमा जलाउँदै गरेको शव बरामद

पर्सामा शम्सानघाटमा जलाउँदै गरेको शव बरामद

वीरगन्ज : पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर ७ विश्रामपुरको छपकैयास्थित शम्सानघाट जलाउदै गरेको एक किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ । 

विश्रामपुरका श्यामबाबु प्रसाद कलवारकी छोरी १४ वर्षीया महिमा कुमारीको शव , छपकैयास्थित शम्सानघाटमा बुधबार राति जलाउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । 

शव, पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । गोप्यरुपमा रातिको समयमा शव जलाउने मृतक बालिकाका बुवा ,दाजुभाइ र आफन्तहरु फरार रहेका छन् । 

प्रहरीले मृतक किशोरीकी आमा, दिदी र ठूली आमालाई नियन्त्रणमा लिएर राखेको छ । 

सोधपुछका लागि तीनैजनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । 

प्रउ बस्नेतका अनुसार , विष सेवन गरी आत्महत्या गरेकी महिमा कुमारीको शव अभिभावक र आफन्तले पोष्टमार्टम नगरी घटना लुकाउन रातिको समयमा शम्सानघाटमा लगेर जलाउन लागेको खबर छिमेकीले प्रहरीलाई दिएका थिए । 

उक्त खबरका आधारमा इलाका प्रहरी कार्यालय र प्रहरी चौकी महुवनबाट टोली शम्सानघाटमा राति नै पुगेको थियो । प्रहरीले शव आधा जलिसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । शव जलाउनेहरु भने फरार भएकाले पक्राउ गर्न नसकिएको प्रहरी उपरिक्षक बस्नेतले बताए । उनिहरुको खोजी भइरहेको जानकारी बस्नेतले दिए । 

प्रहरीले नियन्त्रणमा लिएका मृतक किशोरीकी आमा , दिदी र ठूली आमालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको उनले बताए । 

मृतक किशोरीका छिमेकीका अनुसार , महिमा गाउँकै एक युवकसँग प्रेम सम्बन्धमा रहेका कारण अभिभावकले उनलाइ मनसिक र शारीरिक याताना दिँदै आएका थिए । त्यहि कारण महिमाले बुधबार राति विष सेवनगरी आत्महत्या गरेको र मृत्युपछि अभिभावकले प्रहरीलाई खबर नै नगरी शव शम्सानघाटमा लगेर जलाउन लागेका थिए ।

प्रहरी उपरीक्षक बस्नेतले भने शवको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको यकिन कारण खुल्ने र त्यसैको आधारमा अनुसन्धान प्रकृया थप अगाडि बढाइने बताए ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.