कुकुर टोकाइबाट लेखापालको मृत्यु

कुकुर टोकाइबाट लेखापालको मृत्यु

बैतडी : बैतडीको सिगास गाउँपालिका -७ मा कुकुरको टोकाइबाट विद्यालयमा कार्यरत लेखापालको मृत्यु भएको छ । 

वाड नं ७ का बालकृष्ण माविका लेखापाल ३६ वर्षीय नरेन्द्र बहादुर साउँदको कुकुरको टोकाइबाट मृत्यु भएको हो । 

उनलाई तीन महिना पहिले कुकुरले टोकेको थियो । स्वास्थ्य अवस्था बिग्रदै गएपछि गत मंगलबार उपचारका लागि अस्पताल लगिएको हो । 

चेकजाँचका क्रममा रेबिज पुष्टि भएको र उपचारकै क्रममा मृत्यु भएको सिगास गाउँपालिकाका शिक्षा साखा प्रमुख रमेश भट्टले बताए । 

परिवारका अन्य सदस्यहरुलाई पनि कुकुरले टोकेको आफन्त सूर्यबहादुर बोहराले बताए ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.