पाँच वर्षपछि नगरपालिकाले प्रशासनिक केन्द्रको टुंगो लगायो

पाँच वर्षपछि नगरपालिकाले प्रशासनिक केन्द्रको टुंगो लगायो

जाजरकोट : नगरपालिका घोषणा भएको पाँच वर्षपछि जिल्लाको छेडागाडले नगरपालिकाको स्थायी प्रशासनिक केन्द्र पाएको छ। नगर सभाले छेडागाड-५ चंखिलालाई स्थायी प्रशासनिक केन्द्र बनाउने निर्णय गरेको हो। 

शनिबार बसेको नगरसभाको बैठकले सर्वसहमतिमा चंखिलामा प्रशासनिक केन्द्र बनाउने निर्णय गरेको नगरप्रमुख रत्नबहादुर खड्काले बताए। हाल छेडागाड नगरपालिका १२ मनाघाटबाट अस्थायी रुपमा प्रशासनिक कामकाज हुँदै आएको छ। 
प्रशासनिक केन्द्र तोक्न नसक्दा भौतिक संरचना समेत बन्न सकेका छैनन्। यसअघिका जनप्रतिनिधीले नगरपालिकाको प्रशासनिक केन्द्र समेत तोक्न नसकेर कार्यकाल विताएका थिए। 

यसअघिका जनप्रतिनिधिको असक्षमताका कारण प्रशासनिक केन्द्रको निर्णयमा विवाद भएको सिर्जना भएको थियो। प्रशासनिक केन्द्रको टुङ्गो नलाग्दा भौतिक संरचना नबनेको र भौतिक संरचनाको अभावमा भाडाका घरमा कामकाजमा असहजता भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत गंगबहादुर रोकायले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.