साउनको पहिलो साता मल आइपग्छ : कृषिमन्त्री यादव
वीरगन्ज : संघीय सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्र सिंह यादवले साउनको पहिलो हप्ता रासायनिक मल नेपाल आइपुग्ने बताइएका छन्।
वीरगन्जमा बुधबारदेखि सुरू जसपाको केन्द्रीय समितिको बैठकमा बोल्दै कृषिमन्त्री यादवले ३० हजार मेट्रिक टन युरिया मल साउनको पहिलो हप्ता नेपाल आइपुग्ने बताइएका हुन् ।
उनले भने,' तत्कालका लागि ३० हजार मेट्रिक टन युरिया मल ओमानबाट आइसकेको छ। केही दिनमा भारतको कोलकाता बन्दरगाहमा पुग्छ। अनि त्यहाँबाट साउन पहिलो हप्ता वीरगन्ज आइपुग्छ।'
यसबाहेक साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खरिद गरेको थप २० हजार मेट्रिक टन युरिया मल पनि छिट्टै आइ पुग्ने उनले बताए।
कृषिमन्त्री यादवले जी टु जीमार्फत् मल ल्याउने सम्झौता गरिएको भएपनि भारतसँग केहि कुरामा उल्झन भएकाले हिजोअस्ति मात्रै फाइनल सम्झौता भइसकेकाले अब मलको समस्या नहुने बताए।