विष्णेचौरमा पानी पुगेपछि गाउँमा खुसीयाली

विष्णेचौरमा पानी पुगेपछि गाउँमा खुसीयाली

जाजरकोट : जिल्लाको भेरी नगरपालिका-१२ विष्णेचौरका स्थानीय गाउँमै पानी पुगेपछि निकै खुशी भएका छन्। 

खानेपानीका लागि घण्टौं हिँडेर भेरी नदीको पानी पिउन बाध्य उनीहरु गाउँमै पानी पुगेपछि खुशी भएका हुन्। 

काकाकुल विष्णेचौरबासी लिफ्ट प्रविधिबाट गाँउमै पानी पुगेपछि खानेपानी र सिंचाइको सुविधा पुगेको हो। पानी पुगेसँगै विष्णेचौरमा खुसीयाली छाएको छ।

कृषि विकास कार्यालय जाजरकोटको ८० प्रतिशत  अर्थात १५ लाख अनुदान र २० प्रतिशत स्थानीयको श्रमदानबाट गाउँमै लिप्टमार्फत पानी पुगेको छ।

'हामी अहिले निकै खुशी भएका छौं, गाउँमै पानी पुगेको छ, सिंचाईका लागि भेरी नदी बाट लिप्ट मार्फत गाउँमा आएको पानी फिल्टर गरेर हामीले पिइरहेका छौं, यसभन्दा पहिले खानेपानीका लागि घण्टौं हिँडेर जान्थ्यौं अहिले त निकै सहज भएको छ' स्थानीय डम्बरकुमारी शाहीले भनिन्।

गाउँमा कतै पानीका मुहान छैनन्। वैशाख जेठमा खानेपानीको निकै हाहाकार हुनेगरेको छ। सधैं यसरी गाउँमै पानी आएपछि सिंचाई गर्न र तरकारी खेती गर्न निकै सहज हुने शाहीले विश्वास व्यक्त गरिन्। 

दुर्गादेवी शाही उमेरले ६१ बर्षकी भईन्। यसभन्दा पहिले पिउने पानीका लागि घण्टौं हिँडेर ल्याएको बताउँछिन्। अहिले गाउँमा पानी आएपछि दुःख टरेको भन्दै उनले खुशी व्यक्त गरिन्।

कर्णाली प्रदेश सरकारको भेरी करिडोर आसपासका बस्तीहरुमा लिप्ट सिंचाइ कार्यक्रमअन्तर्गत विष्णेचौरमा लिप्ट सिंचाई आयोजना सञ्चालन गरिएको कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालले बताए। 

लिप्ट सिंचाईका लागि कार्यालयबाट १५ लाख रकम विनियोजन गरिएको प्रमुख धितालले बताए।

स्थानीयले सिंचाइका लागि ल्याएको पानी पिउन थालेपनि भेरी नदीको पानी पिउन योग्य नभएकोले पानी फिल्टर गर्ने ट्यांकी निर्माण गर्न मागसमेत गरेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.