अवैध नदी उत्खनन गरिरहेको अवस्थामा स्काभेटर नगरपालिकाको नियन्त्रणमा

अवैध नदी उत्खनन गरिरहेको अवस्थामा स्काभेटर नगरपालिकाको नियन्त्रणमा

महोत्तरी : महोत्तरीको गौशाला नगरपालिकाको कार्यालयले अवैध नदी उत्खनन रोक्नका लागि कडा निर्देशन दिएको २४ घण्टा नवित्दै मरहा नदीमा दिउँसै नदी उत्खनन गर्दै गरेको अवस्थामा स्काभेटर भेटिएको छ।

विहीबार दिउँसोको समयमा सो नदीबाट नगरपालिकाको कर्मचारीले नम्बर नभएको एक थान स्काभेटर नियन्त्रणमा लिएको हो।

अनुगमनको क्रममा नदी पुगेका नगर प्रहरी र नगरपालिकाको कर्मचारीले नगरपालिकामा खबर गरेपछि सशस्त्र प्रहरीको सहयोगमा सो स्काभेटर नियन्त्रणमा लिन सफल भएको हो।

नियन्त्रणमा लिएको स्काभेटर कालिका बनी बालुवा तथा वासिंग सेन्टर गौशालाको नाममा रहेको नगरपालिकाको कार्यालयले जनाएको छ। त्यस्तै सो स्काभेटरका चालक भारत घर भएका २० बर्षिय रोशन सिंह यादवलाईसमेत नियन्त्रणमा लिएको छ।

नगरपालिकाको कार्यालय स्रोतकाअनु्सार घटनास्थलमा तत्कालै इलाका प्रहरी कार्यालयलाई बोलाए पनि अन्तिम समयसम्म टोली गएको थिएन। सशस्त्र प्रहरी वेश क्याम्प रामनगरका प्रहरीको सहयोग लिई सो कार्य सम्पन्न भएको हो।

स्काभेटर सञ्चालकलाई नियमानुसार कारवाही गरिने नगरपालिकाको राजश्व शाखाले जनाएको छ।

गौशाला नगरपालिकाको कार्यालयले अवैध नदी उत्खनन रोक्नका लागि बुधबार सार्वजनिक सूचना प्रकाशन गरेका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.