धनुषामा  भारतीय कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनुषामा  भारतीय कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ढल्केवर(धनुषा) : धनुषामा भारतीय कारले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। शनिबार राति ९ बजे ढल्केवर–जनकपुर सडकखण्ड अन्तर्गत मिथिला नगरपालिकास्थित बसही पुल नजिक भारतीय कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–१ ढल्केवरका ३६ वर्षीय शिवलाल यादव रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए। जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको ज.९प ९४३५ नम्बरको मोटरसाईललाई पछाडीबाट बिआर ०१ जेए ९७७० नम्बरको भारतीय कारले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक यादवलाई उपचारका लागि जनकपुर लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक सिंहले जनाए। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको उनले बताए।

ठक्कर दिने भारतीय कार र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.