कालिकोटमा कर्मचारी नहुँदा स्वास्थ्यचौकी बन्द : स्टेचरमा नै जन्मियो शिशु

कालिकोटमा कर्मचारी नहुँदा स्वास्थ्यचौकी बन्द : स्टेचरमा नै जन्मियो शिशु

कालिकोट : कालिकोटको नरहरिनाथ गाउँपालिका–६ माल्कोटमा रहेको उपस्वास्थ्यचौकी बन्द भएको छ। गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा उपस्वास्थ्यचौकी बन्द भएको हो।

'गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाएछ, दुई स्थायी स्वास्थ्यकर्मी पनि बिदामा बसेको सुनियो। एकहप्तादेखि स्वास्थ्यचौकी बन्द छ। उपस्वास्थ्यचौकी बन्द हुँदा सेवाग्राहीलाई समस्या भएको छ', स्थानीय रामबहादुर बटालाले गुनासो गरे। 

उपस्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सोमबार गर्भवतीले स्टेचरमा नै नवशिशुको जन्म दिएका थिए। गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा ‘बर्थिङ सेन्टर’बन्द भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अम्मर बटालाले जानकारी दिए। 'दुई स्थायी स्वास्थ्यकर्मी बिदामा हुनुहुन्छ। करार कर्मचारी हटाइएको छ', उनले भने, 'यसकारण सुत्केरीले चार घण्टासम्म बाहिरै बस्नुपरेको हो।'

उनले यसभन्दा अगाडिका करारका स्वास्थ्यकर्मी शान्ति बुढालाई फोन गरेर ती गर्भवतीलाई सेवा दिन आग्रह गरेको र सुत्केरीको ज्यान जोगिएको भनाइ छ। 'अहिले आमा तथा नवशिशुको अवस्था सामान्य छ', उनले भने, 'ढिलै भए पनि आमा र शिशुको थप निगरानी बर्थिङ सेन्टरमा भइरहेको छ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.