मिथिलाञ्चलमा मधुश्रावणीको रौनक

मिथिलाञ्चलमा मधुश्रावणीको रौनक

जनकपुरधाम  : मिथिलाञ्चलका लोक पर्वहरूमध्ये निकै चर्चित मधुश्रावणी पर्व सोमबारदेखि विधिवत रुपमा सुरु भएको छ। यो पर्वको रौनकता र यसको प्रसिद्धि नवविवाहित दम्पत्तिसँग जोडिएको हुनाले यसलाई प्रेम र सामिप्यताको पर्वका रुपमा पनि मनाउने गरिन्छ। मधुश्रावणी पर्वका गीतहरूले अहिले मिथिला गुञ्जायमान बन्ने गरेको छ। 

श्रीमान्को दीर्घायु र अटल प्रेमको कामना गर्दै यो पर्व मिथिलाञ्चलमा १५ दिनसम्म मनाइने गरिन्छ। मिथिलामा साउन महिनालाई मधुमासका रुपमा मनाउने गरिन्छ। मधुश्रावणी पर्व विशेषगरी ब्राह्मण, भूमिहार, कायस्थ र सोनार जातिले मनाउने गर्छन्। यस पर्वमा मैथिली समाज अनुसार प्रक्रियागत विभिन्न विधि विधानहरू गर्ने गरिन्छ। पर्व अवधिभर विवाहिताले माइती पक्षबाट पठाइएको अन्नलगायतका खानपान खाने गर्छन्। विवाहितालाई माइती पक्षले माटोको सर्प (विषहरा) बनाएर पूजाका निम्ति पठाउने गर्छन्। श्रावण कृष्ण पञ्चमी तिथिबाट सुरु हुने यो पर्व श्रावण शुक्ल तृतीया तिथिमा सम्पन्न हुन्छ। 

मधुश्रावणी पर्वको सबैभन्दा विशिष्ट पक्ष नयाँ दुलहीले पूर्णश्रृंगार गरी समूहमा फूललोढी (फूलटिप्न जानु) गर्ने प्रक्रिया हो। दुलहीझैं सजिएर फूल टिप्दै टोलटोलमा घुम्ने नवविवाहिताहरूले निकै मधुर लोकगीतहरू गाउँदा टोल गुञ्जायमान हुने गर्छ। 

सखी फूल लोढ चलु फुलबरिया !
सीता के सँग सहेलिया !!
कियो बेली फूल लोढे, चमेली फूल लोढे !
कियो लोढेला अरुहलके कलिया !
सीता के सँग सहेलिया !!

यसरी टिपेको फूललाई बाँसको डालामा सजाएर घरमा ल्याएपछि त्यसको भोलिपल्ट त्यही फूलले विषहराको पूजापाठ गर्ने गरिन्छ। यो प्रक्रिया निरन्तर १५ दिनसम्म चल्छ। यस क्रममा नवविवाहिताहरूलाई भगवान शिवको विशेष कथाहरू सुनाउने गरिन्छ। यस दिनमा नवविवाहिताहरूले पूजा गरी गणेश, चनाइ, माटो एवं गाई गोबरले बनेको विषहरा र गौरी महादेवको विशेष पूजा गरेर महिला पुजारीबाट कथा सुन्ने गर्छन्। 

यस अवसरमा सुनाइने कथाहरूमा सफल दाम्पत्य जीवनका लागि अपनाउनु पर्ने व्यवहार, संयमता र प्रेमका कुराहरू सिकाउने गरिन्छ। पर्वको सुरु र अन्तिम दिनमा व्रतालुले परिवारका मान्यजनहरूलाई अन्कुरी (भिजाएको चना) बाँड्ने चलन छ। पर्वको अन्तिम दिन पूजाका क्रममा नवदुलहीको खुट्टामा तातो बत्तीले डाम्ने प्रचलन छ। तर, पछिल्लो समय यस प्रथाको निकै विरोध हुन थालेपछि यसलाई परिमार्जित गरेर चिसो बत्तीले डाम्ने गरिन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.