दैलेख सुर्खेत सडकमा तीन वर्षपछि पुन: टाइमकार्ड लागु

दैलेख सुर्खेत सडकमा तीन वर्षपछि पुन: टाइमकार्ड लागु

दैलेख : दैलेखबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत जोड्ने सडकमा टाइमकार्ड लागु गरिएको छ। 

दैलेख सुर्खेत सडकखण्डमा पटक-पटक टाइम कार्डको नियम लागु गरिँदै आएको छ। केही महिनासम्म टाइमकार्डको नियम लागु हुने र हट्ने गरेको छ। बीचैमा अलपत्र परेको टाइमकार्ड नियम पुन: लागू गरिएको हो। 

यसअघि २०७६ मंसिर २२ गतेबाट टाइम कार्डको नियम लागु गरिएको थियो। जिल्ला प्रहरी कार्यालय दैलेखका तत्कालीन प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीको पालामा सुरुवात गरिएको टाइमकार्डको नियम केही महिना चलेको थियो। 

लामो समयदेखि कार्यान्वयनमा नआएको टाइमकार्डको नियम सोमबारदेखि पुन: कार्यान्वयनमा ल्याइएको हो। 
तिव्र गतिमा हुने सवारी दुर्घटना न्युनिकरण गर्न टाइम कार्ड लागु गरिको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद शाहले बताए। 

नारायण नगरपालिका-१ स्थित दैलेख-सुर्खेत सडक खण्डको अस्थायी बस बिसौनीमा एक कार्यक्रमबीच चालक र सहचालकहरूलाई टाइम कार्ड वितरण गरी कार्यन्वयनमा ल्याइएको उनले बताए। 

जिल्लाको विभिन्न स्थानमा तिव्र गतिको कारण हुने सवारी दुर्घटना्लाई न्युनिकरण गर्ने उद्देश्यले टाइमकार्ड नियम लागु गरिएको उनको भनाइ छ। 

संविधानसभा सदस्य एवं कर्णाली प्रदेश सरकारका पुर्व मन्त्री अम्मरबहादुर थापा, नारायण नगरपालिका प्रमुख लोमन शर्मा र प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललगायतको सहभागितामा टाइमकार्डको नियम शुभारम्भ गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.