गणतन्त्र दिवसमा छुटेका रामनाथ पुनः पक्राउ

गणतन्त्र दिवसमा छुटेका रामनाथ पुनः पक्राउ

महोत्तरी : केन्द्रीय कारागार काठमाडौंबाट गणतन्त्र दिवसको अवसरमा सजायमाफी पाएका पिपरा गाँउपालिका-५ का ४५  वर्षीय रामनाथ दासलाई प्रहरीले कर्तव्यज्यान मुद्दामा पक्राउ गरेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले शुक्रबार दासलाई आफ्नै काकाको हत्या गरिएको भन्दै पक्राउ गरि सार्वजनिक गरिएको हो।

हिजो पिपरा गाउँपालिका-५ स्थित बाबुसाहेव झाको आँपको बगैंचामा स्थानीय ६० वर्षीय रामबहादुरको हत्या भएको थियो। सोही घटनालाई अनुसन्धानको क्रममा प्रहरीले निजलाई पक्राउ गरिएको हो।

प्रहरीले घटनास्थल नजिक रहेको खेत छेउको कुलोमा रगतको छिटा लागेको कोदालो बरामद भएको गरिएको थियो। रामनाथले सोही कोदालो दिउँसोको समयमा घरबाट बोकी खेत तर्फ गएको रामनाथकि श्रीमतीले सनाखत गरिएको थियो। 
प्रहरीका अनुसार रामनाथ दासले कोदालोले आफ्नो काका राम बहादुर दास आँपको बगैचामा सुती रहेको अवस्थामा अनुहार कन्चटमा कोदालोले यत्रतत्र प्रहार गरी अनुहार देखि कन्चट सम्मको भाग काटी मारिएको थियो। 

त्यसपछि दासले कोदालो घटनास्थल उत्तरपट्टी कुलोमा फाली गई नुहाई शरीर, कपडामा लगेको रंगत छिटाहरु पखालिएको थियो। पछि प्रहरीले अनुसन्धानको क्रममा धोएको भिजेको लुगा (जघिया, गम्छा) निजको घरमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

यसअघि पनि प्रतिवादी राम नाथले २०५३ साल चैत्र ११ गते जिल्ला साविकको सहोडवा गाविस वडा न. ५ बस्ने राम बिलास दास तत्मालाई कुटपिट गरी हत्या गरेको र कर्तब्य ज्यान मुद्दामा करिव ७ बर्ष कैद सजाय भुक्तान गरिएको थियो। 

घटनाको सम्बन्धमा सहोडवा चाँदनी चोकबाट जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय सहोडवाको संयुक्त टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.