महोत्तरीमा एक वर्षमा विपदमा परी करोडौंको क्षति, २० जनाको मृत्यु

महोत्तरीमा एक वर्षमा विपदमा परी करोडौंको क्षति, २० जनाको मृत्यु

महोत्तरी : महोत्तरीमा विपदका कारण करोडौंको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गत आर्थिक वर्षमा विपदकै कारण ४६ करोडभन्दा बढीको क्षति भएको हो।

आर्थिक वर्ष २०७८-०७९ मा विभिन्न समयमा भएको  विपदमा ४६ करोड २८ लाख २८ हजार ५ सय रकम बराबर क्षति भएको छ। प्रहरी स्रोतका अनुसार सबैभन्दा बढी आगलगीको कारण ४१ करोड ३९ लाख ३१ हजारको क्षति भएको छ। त्यस्तै अविरल वर्षाका कारण ४ करोड ६५ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। यता विद्युतीय प्रवाह भइ करेन्ट लाग्दा १४ लाख २२ हजार ५ सयको क्षति भएको छ भने हावाहुरीको कारण ९ लाख २५ हजारको क्षति भएको हो।

विपदले २० जनाको मृत्यु 

गत आर्थिक वर्षमा विभिन्न किसिमको विपदमा परी २० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५ महिला, ५ पुरुष र १० जना बालबालिका छन्। प्रहरीले दिएको जानकारी अनुसार विपद सम्बन्धी घटना पानीमा डुबेर सबैभन्दा बढी बालबाललिकाको ज्यान गएको छ। यसअवधिमा ८ जना बालबालिका , ३ पुरुष र १ महिला गरी १२ जनाको पानीमा डुबेर मृत्यु भएको हो। त्यस्तै करेन्ट लाग्दा २ महिला, १ पुरुष र २ बालबालिका गरी ५ जना, बाढीमा १ महिला र १ पुरुष गरी २ जना र आगलागीमा परेर एक जना महिलाको मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए। यस्तै सोही घटनामा १५ जना घाइते भएका छन्। घाइते हुनेमा ९ महिला, ४ पुरुष र २ बालबालिका रहेका छन्।
 
विपदका घटनामा ७ चौपायाको घटनास्थलमै मृत्यु भएको छ। आगलगीमा ५ र करेन्ट लागेर २ चौपायाको मृत्यु भएको हो। त्यस्तै आगलगीमा २ चौपाया घाइते भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

६ सय २४ घरमा पूर्ण क्षति 

सो विपदको कारण ६२४ वटा घरमा पूर्ण रुपले क्षति भएको छ। जसमा आगलगीका कारण १४, करेन्ट लागेर ५, अविरल वर्षाको कारण ६ सय ५ वटा घर क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै हावाहुरीको कारण १७ वटा घरमा आशिंक क्षति भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.