धनुषाबाट स्रोत नखुलेको २४ लाख रुपैयाँसहित एक भारतीय पक्राउ

धनुषाबाट स्रोत नखुलेको २४ लाख रुपैयाँसहित एक भारतीय पक्राउ

ढल्केवर(धनुषा) : स्रोत नखुलेको झण्डै २४ लाख नेपाली रुपैयाँसहित एक भारतीय युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहारको मधुवनी जिल्ला ग्राम पंचायत हरलाखी हरिने वार्ड नं ९ बस्ने १९ वर्षीय अब्दुल समी रहेका छन् ।

विशेष सुचनाको आधारमा प्रहरी चौकी हनुमाननगरबाट खटिएको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका १२ कुवाँ स्थित महादेव मन्दिरनजिक लोहनाबाट जनकपुरतर्फ आउँदै गरेको बी.आर.३२ एजे ०१७० नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा स्रोत नखुलेको ठुलो परिमाणको रकमसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
 

उनको साथबाट प्रहरीले २३ लाख ८९ हजार ४८० नेपाली रुपैयाँ बरामद गरेको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रदीपकुमार क्षेत्रीले जानकारी दिए । उनलाई नगद रूपैयाँसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.