धनुषामा बलात्कृत बालिका गर्भवती, ५९ वर्षीय पुरुष पक्राउ

धनुषामा बलात्कृत बालिका गर्भवती, ५९ वर्षीय पुरुष पक्राउ

ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिका–९ बेंगाडावरमा बलात्कार गरी एक १४ वर्षीया नाबालिकालाई गर्भवती बनाएको घटना सार्वजानिक भएको छ। बलात्कृत नाबालिकाका अभिभावकले आरोपित विरुद्ध प्रहरीमा उजुरी दिएपछि उक्त घटना बाहिरिएको हो।

प्रहरीले उजुरीको आधारमा बिहीबार बलात्कार आरोपित स्थानीय ५९ वर्षीय सोमबहादुर घिसिङ्गलाई पक्राउ गरेको हो। गत वैशाख ५ गते खर्साङ्गे डाँडा सामुदायिक वनमा बाख्रा चराउन गएकी ती नाबालिकालाई आरोपित घिसिङ्गले ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरी जनाएको छ।

प्रहरीका अनुसार बलात्कृत नाबालिकालाई आरोपित घिसिङ्गले विभिन्न किसिमको डर त्राश देखाइ पटकपटक जबरजस्ती करणी गर्दै आएको उजुरीमा उल्लेख छ। घटनाको तीन महिनापछि शुक्रबार पीडित पक्षले बलात्कार आरोपित विरुद्ध प्रहरीमा जाहेरी दिएको छ। बलात्कृत नाबालिका गर्भवती रहेको समेत ती घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए।

नाबालिकाका बुवाले प्रहरीमा दिएको जाहेरीको आधारमा आरोपित घिसिङ्गलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए। उनले पक्राउ परेका घिसिङ्गलाई जबरजस्ती करणी मुद्दामा आज धनुषा जिल्ला अदालतबाट म्याद थप गराउने तयारी रहेको जनाए।

बलात्कृत नाबालिकाको स्वास्थ्य परीक्षण गराइने र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.