गाउँमा सुविधा सम्पन्न एम्बुलेन्स
नुवाकोट : बिरामीहरूको सहजताका लागि नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङ गाउँपालिकाले सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।
नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले गाउँपालिकालाई एउटा आधुनिक एम्बुलेन्स उपलब्ध गराएसँगै सेवा सुरु भएको हो।
उक्त आधुनिक एम्बुलेन्स नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र जर्मन राजदूतले किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरवल तामाङलाई हस्तान्तरण गरेका हुन्। यसबाट बिरामी गाउँबासीको उपचारमा सहज र सुलभता भएको अध्यक्ष तामाङले वताए।
गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ र उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेको विशेष पहलमा उपलब्ध गराइएको एम्बुलेन्स किस्पाङ गाउँपालिकामा रहेको काहुले स्वास्थ्य चौकीका राखिने गापाले जनाएछ। प्राधिकरणले उपलब्ध गराएको एम्बुलेन्स ख वर्गको आधुनिक रहेको छ।
किस्पाङ गाउपालिकाभित्रका सर्वसाधारण बिरामी हुँदा सदरमुकाम विदुर र अन्यत्रबाट एम्बुलेन्स मगाउनु पर्ने अवस्थाको अन्त्य भएको कारण स्थानीयबासी निकै खुशी भएका छन्।