ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बुवाको मृत्यु, छोरा घाइते

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बुवाको मृत्यु, छोरा घाइते

महोत्तरी : महोत्तरीको गौशालामा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

बुधबार बिहान गौशाला नगरपालिका -१ सुर्तिविकास चौकमा ना ४ ख ३३३१ नम्बरको ट्रकले ठक्कर दिँदा गौशाला नगरपालिका - ४ रजखोरका २८ वर्षीय हरदेव सहनीको मृत्यु भएको हो ।

मोटरसाइकल चालक सहनीले छोरा दिलीपलाई विद्यालय पुर्‍याउन जाँदा ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते भएको सहनीलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

मृतक सहनीका छोरा दिलीप स्थानीय एप्पल बोर्डिङ स्कुलमा अध्ययनरत थिए । 

दुर्घटनामा परी बालक दिलीप घाइते भएको र उनको बर्दिवासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्रक चालक जिल्ला सर्लाही हरिवन न.पा. ६ बस्ने वर्ष ३८को श्रवण कुमार महतो, ट्रक र मोटरसाइकल प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक रन्जन मिश्रले जानकारी दिएका छन् ।

मृतकको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरी निरीक्षक मिश्रले बताएका छन् ।   

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.