बढ्दै कोरोना संक्रमण, टेकुका कर्मचारीको करार नथपिदा उपचारमा सकस

बढ्दै कोरोना संक्रमण, टेकुका कर्मचारीको करार नथपिदा उपचारमा सकस

काठमाडौंः दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक हप्तालाई आँकलन गर्दा दैनिक ६०० संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये अधिकांश काठमाडौंका छन् ।

 मंगलबार मात्रै देशभरबाट परीक्षण भएका ५४१५ नमूनामध्ये ८१४ जनामा संक्रमण पुष्टि भएको थियो। मन्त्रालयका अनुसार देशभर ४९८५ जना होम आइसोलेसनमा र १५९ जना संस्थागत आइसोलेसनमा छन्। यस्तै ३८ जना आइसीयू र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

संक्रमितको संख्या बढ्दै गएपछि जनशक्ति अभावमा देशभरका अस्पतालमा उपचारमा सकस भएको छ। सरकारले  कोरोनामा खटिएका करारका कर्मचारीको म्याद नथपिदा भेन्टिलेटर,आइसीयू र जनरल वार्ड संचालनमा अप्ठ्यारो भएको हो।

कोरोना  उपचारको केन्द्र मानिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत करारका कर्मचारीको म्याद नथपिदा उपचारमा समस्या भएको छ । 

नेपालमा पहिलो कोरोना संक्रमितको उपचार भएको र कोरोना डेडिकेटेड टेकु अस्पतालमा कोरोना उपचारमा खटिएका करार कर्मचारीको म्याद नथपिँदा उपचारमा असहज भएको हो ।

संक्रमितको संख्या बढेसँगै अस्पतालमा उपचारका लागि आउनेहरुको संख्या पनि बढ्दो क्रममा रहेको छ । टेकु अस्पतालमा हाल दुईजना संक्रमितको आइसीयूमा र  ४ जना जनरल वार्डमा उपचाररत छन् ।

अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार कोरोनाकालमा खटिएका ६८ जनाको करार नथपिँदा फुलफेजमा भर्ना लिन सकिएको छैन । उनले भने, ‘अहिले आएका बिरामीलाई रेफर गर्नुपर्ने बाध्यता छ । करारको दरबन्दी मन्त्रालयले अहिलेसम्म स्वीकृत दिन मानेको छैन । स्वीकृतिका लागि प्रकृयामा नै छ । '

हाल टेकु अस्पतालमा २४ वटा आइसीयू बेड छन् ।

उनले भने, 'नर्स नभएर आइसीयू सञ्चालनमा कठिनाइ भएको छ । काम त भइरहेको छ तर, जनशक्ति अभावले निकै समस्या झेलेका छौं । सरकारले डेडिकेटेड भनेर तोकिसकेपछि हामीले भर्ना गरेर उपचार गर्नुपर्नेमा जटिल केस आएमा भर्ना गर्न सकिएको छैन । हामी कहाँ अन्तबाट रिफर भएर बिरामी आउनुहुन्छ । तर, हामीलेनै अन्यत्र पठाउनुपर्ने स्थिति छ ।'

यस्तै, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सूचना अधिकारी राजविक्रम अधिकारीले पीसीआर परीक्षण भएकामध्ये अधिकांशमा कोरोना पोजिटिभ देखिने गरेको बताए । उनले भने,‘पछिल्लो पटक एकैदिन ५७ जनाको कोरोना परीक्षण भयो । त्यसमध्ये १९ जनामा कोरोना पोजिटिभ देखियो । हामी कहाँ अहिले एकजना बिरामी जनरल वार्डमा हुनुहुन्छ। केहिदिन अघि ४/५ जना बिरामी भर्ना हुनुभएको थियो ।'

स्वास्थ्य मन्त्रालयका अनुसार विरेन्द्र अस्पताल छाउनीमा १७ जना कोरोना संक्रमित आइसीयूमा उपचारत छन्। यस्तै वीर अस्पतालमा १३ जना आइसीयू र ३ जना भेन्टिलेटरमा, पाटन अस्पतालमा २ जना आइसीयू र २ जना भेन्टिलेटरमा उपचारत छन्। सो अस्पतालमा १० जना एचडीओमा उपचारत छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.