एनआर एन साउदीले मनाइयो १५ औं वार्षिक उत्सव
साउदी : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले १५ औं वार्षिक उत्सव रियाद सहरमा मनाएको छ।
नेपालीका लागि नेपाली भन्ने मुल नाराका साथ स्थापना भएको यस संस्थाले वार्षिकोत्सव कार्यक्रममा संघका संगठनिक कार्यप्रगति विवरण ,आर्थिक प्रतिवेदन प्रस्तुत तथा श्रमिकहरूको समस्याको सुनुवाइका लागि अन्तर्क्रिया कार्यक्रम र विभिन्न सांगीतिक कार्यक्रम आयोजना गरी उत्सव सम्पन्न गरेको छ ।
संस्थाले वैदेशिक रोजगाको क्रममा साउदीमा विभिन्न समस्यामा परेका नेपाली श्रमिकहरूका लागि सेल्टर दिने कार्य जारी राख्दै हालसम्ममा २ सय ३१ जनाभन्दा बढीलाई खाद्यान्यसहित आवसको व्यवस्था गर्नुको साथै कोरोना प्रभावितमध्ये स्वदेश फर्किन असमर्थ भएका ४४ जना पुरुष र ११ जना महिला गरी ५५ जना नेपाली श्रमिकलाई हवाई टिकट उपलब्ध समेत गरेको छ ।
संस्थाले कोरोना महामारीका दौरान अस्थायी आवास बाहिर विभिन्न स्थानमा रहेका १ सय ६० जना नेपाली श्रमिकलाई खाद्यान्य सामग्री वितरण गर्नुको साथै ३८ जना नेपाली श्रमिकलाई पीसीर परीक्षण सेवा समेत दिएको छ। साउदी अरबको दम्माम, जुवेल, अलकासिम, हायल र जेद्ध गरी ५ स्थानमा हेल्थ क्याम्पिङ गर्दै नेपाली श्रमिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रमहरु सञ्चालन गरी ६ सय ७२ जना नेपाली श्रमिकहरूले सेवा दिएको एनआरएन साउदीले जनाएको छ।
एनआरएन र नेपाली नियोगहरूको संयुक्त सहकार्यमा साउदी अरबको पूर्वी क्षेत्र अलकासिममा जिजानरआवाहमा , ताबुक गरी ८ वटा राहदानी सहजिकरण शिविर सञ्चालन गरि ३ हजार ३ सय ५८ जना नेपाली श्रमिकलाई सेवा सुविधा दिएको छ ।
'एक एनसीसी एक परियोजना' अन्तर्गत सिराहा जिल्ला विष्णुपुर गाउँपालिका वडा नम्बर १ र ४ स्थित रहेको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘आमा फाउण्डेशन युसए र एनसीसी साउदी अरबको संयुक्त पहलमा २ लाख २० हजार बराबरको शैक्षिक सामग्री र पोशाक वितरण गरेको छ ।
संस्थाले आन्तरिक स्रोत परिचालन गरी संस्थामा आवद्ध पंजीकृत सदस्य दुःखद निधनमा नेपाली ५० हजार रुपैयाँ सहयोग गरेको छ भने विभिन्न समस्यामा परी हवाई टिकटको आभावमा नेपाल फर्किन प्रतिक्षारत १० जना महिला र २ जना पुरुष गरी जम्मा १२ जनालाई हवाई टिकट उपलब्ध गराएको छ।
वार्षिकोत्सव समारोह कार्यक्रमका दौरान नेपाली श्रमिकहरुसँग सम्बन्धित अन्तरकृयात्मक कार्यक्रम पनि संचालन गरिएको थियो। श्रमिकका गुनासा र समस्या बारेमा नेपाली दूतावास रियाद श्रम सहचारी देवेन्द्र कार्की, प्रथम सचिव ऋषि आचार्य, द्वितीय सचिव टिकाराम उपाध्यायलगायत संस्थाका प्रतिनिधि , तेज थापा , यास्विन मेगम सहिदले सम्बोधन गरेका थिए।
कार्यक्रममा कार्यवाहक राजदूत दिलीप पौडेल , दूतावास सपरिवार, मध्यपूर्व संयोजक राजेन्द्र अर्याल, विभिन्न सामाजिक संघसंस्था, भातृसंगठन, व्यवसायी, स्थानीय कलाकारलगायत नेपालीको बाक्लो उपस्थित थियो। संस्थामा हालसम्म २ हजार ९ सय ५० जना पंजीकृत सदस्य छन् ।