फोहोरको डंगुरले भरियो राजधानी

फोहोरको डंगुरले भरियो राजधानी

फोहोरको डंगुरले राजधानी भरिएको छ। घना अव्यवस्थित बस्तीका कारण राजधानी दूषित बन्दै गएको छ। भोलिको पुस्तालाई हेरेर नीति निर्माण बनाउन पर्नेमा नीति निर्माणमा बसेकाले आजलाई मात्र हेरेर बनाए। जसकोे परिणाम राजधानीमा यो समस्या आयो। हिजो धान फल्ने फा“टमा आज घर फले। निकासबिनाको विकासले समस्या थपेको छ।

नीति निर्माणमा बसेकाहरूले व्यक्तिगत  स्वार्थमा लिप्त भएकाले राजधानीमा फोहोेरको समस्या बढेको हो। जो मेयर आए पनि गर्न के ? हरेक क्षेत्र राजनीतिले गाजेको छ। राजनीतिले केही गर्न दिँदैन। 
हरेकजसो व्यक्ति स्वार्थमा लागेका छन्। फोहोरमा राजनीति घुसाएका छन््। जसरी भए पनि मेयर असफल पार्नु छ। अनेक बितण्डा मच्चाउँछन्। राम्रो काममा सबैले साथ दिने खराब कामको विरोध गर्न भए पो!

विगतदेखि अहिलेसम्म समस्याको रूपमा देखिएको राजधानीको फोहोरको समस्या कहिले हल होला ? राजधानीका बासिन्दा चिन्तित छन्। राजधानीका मात्र होइन, पूरै उपत्यकाकै बासिन्दा हैरान बनेका छन्। एकथरी फोहोरको समस्या हल नहोस् भन्नेमा पनि छन्। फोहोरको समस्या हल भयो भने मागिखाने भाँडो बन्द हुन्छ भन्नेमा कोही लागेका छन्। फोहोर हिजो पनि थियो आज पनि छ। तर समस्या कहिल्यै हल हुन सकेको छैन। आखिर किन ?

हरेक वर्ष ल्याडफिल्डको समस्याले फोहोर उठ्न सकेको  छैन। फोहोरमा राजनीति गर्न सजिलो पनि भएको छ। महानगरका मेयरले फोहोर समाधानका लागि पहल नगरेका होइनन्। मेयर, उपमेयर दुवै दिनरात समस्याको हल गर्न लागिपरेकै देखिन्छन्। तर यति हुँदाहुँदै पनि समस्याको हल भने भएको पाइँदैन। गोरु पिटेर हलो अड्काउने काम कसले किन गर्दैछ ? उपत्यकाका बासिन्दा सधैं फोहोरको डंगुरमा बस्नुपर्ने हो ? हरेक नगरपालिकाले आफ्नो फोहोरको आफंै हल गरे राजधानीमा मात्र फोहोरको डंगुर हुने थिएन होला।

काठमाडौंलाई नै डम्पिङ साइड किन बनाइन्छ ? भक्तपुर र ललितपुरदेखिको फोहोर काठमाडौं आउने अनि समस्याको हल चाहिँ काठमाडौंले मात्र गर्नुपर्ने ? किन अन्य नगरपालिका, उपमहानगरले फोहोरको विषयमा सोच्दैनन् ? फोहोर व्यवस्थापन गर्न जिम्मा मात्र काठमाडौंका मेयर र उपमेयरको हो ? महानगरमा वडाध्यक्ष नै ३२ जना छन् तिनको काम चाहिँ वडामा बस्ने तलब भत्ता पचाउने मात्र हो ? के उनीहरूको चाहिँ दायित्व होइन फोहोर व्यवस्थापन गर्ने ?

गोकर्णेश्वर नगरपालिकाले जापानबाट फोहोर जलाउने दुईवटा मेसिन पा“च वर्षअघि नै ल्याएको भन्ने सुनिएको थियो। खोइ कहाँ छ त्यो मेसिन ? त्यसले काम गरेको छ कि अनावश्यक हल्ला मात्र फिँजाइएको छ ? गोकर्णेश्वरका मेयरले भाषण गर्दा अब नगरपालिकामा फोहोरको समस्या हुँदैन भनेको सुनिएको थियो। अहिले हरेक दिन जोरपाटी चोकमा फोहोरको डंगुर देखिन्छ। यही हो समस्याको हल भनेको ? नबोलौं तर काम भने गरौं। नेताहरूलाई भन्नु यत्ति हो। जनताले आफैं देख्ने छन्। बोलेर नगर्नु गलत हो नि।

बञ्चरेडाँडामा फोहोर फल्न किन अवरोध गरियोे ? फोहोेरमा फोहोरी राजनीति नगरौं न हो। बञ्चरेडाँडाका जो जनता साँच्चिकै पीडित छन्, तिनको विवरण लिएर समस्याको हल गर्नुपर्छ। जसले फोहोरी राजनीति गरेको छ तिनलाई कारबाही पनि गर्नुपर्छ। काम गर्छु भनेर आएकालाई सबै मिलेर सहयोग गर्नुपर्छ। जोस र जाँगर बोकेर आएका युवालाई हतोत्साही ग¥र्यौं भने काम कसले गर्ने ? देश बनेन भनेर रोेइलो गर्ने अनि बनाउँछु भनेर आउँदा पनि च्याँखे थाप्ने ? यो त भएन नि !
पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.