हात्तीलाई फलफूल (फोटोफिचर)

हात्तीलाई फलफूल (फोटोफिचर)

गुलरिया : हात्ती दिवसको अवसर पारेर बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका हात्तीलाई फलफूल खुवाइएको छ।

चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाको आयोजनामा शुक्रबार विविध कार्यक्रमसहित हात्ती दिवस मनाइएको छ।

मानव-हात्ती सहअस्तित्वका बारेमा जनचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाका अध्यक्ष हेमन्त आचार्यले जानकारी दिए। दिवसको अवसरमा हात्तीसम्बन्धी अन्य सचेतना पनि दिएको उनले बताए। बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठको उपस्थितिमा हात्तीलाई फलफूल खुवाइएको हो। सोही अवसरमा हात्तीसार क्षेत्रमा वृक्षारोपण पनि गरिएको छ।

पछिल्लो समय मानव र हात्तीबीच द्वन्द्व बढ्न थालेको उनले बताए। वन्यजन्तु र मानवबीच सहअस्तित्व कायम गराउन जरुरी भएकाले पनि यस्ता कार्यक्रमहरू आयोजनाको औचित्व रहने अध्यक्ष आचार्यको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.