वर्षदिन नपुग्दै भत्किए धर्मशाला

वर्षदिन नपुग्दै भत्किए धर्मशाला

कालिकोट : कालिकोटमा रहेको बडिमालिका मन्दिरमा जाने तीर्थयात्रीका लागि निर्माण गरिएका धर्मशाला भत्किएका छन्। कर्णाली प्रदेशले त्रिवेणी पाटनमा निर्माण गरेका धर्मशाला रेखदेख तथा संरक्षण नहुँदा भत्किएका हुन्।  

राजनीतिक तथा आर्थिक स्वार्थमा गठन गरिएका उपभोक्ता समितले गुणस्तरहीन काम गरेको स्थानीयले बताएका छन्।  
निर्माणको समयमा नै प्राविधिक र निर्माण उपभोक्ता समितिको लापरबाहीले संरचना भत्किएका थिए। तर, फेरी टालटुल गरिएको थियो। त्रिवेणी जाने बाटो पत्तागाडेस्थित ३० लाखमा निर्माण गरिएको संरचना तीनदिनमा नै भत्किएको थियो। यसको ६ महिनाअघि पुनर्निर्माण गरिएको थियो। 

कर्णाली प्रदेश सरकारले त्रिवेणीमै धर्मशाला निर्माणका लागि आर्थिक वर्ष ०७६/७७ मा १ करोड ४५ लाख बजेट विनियोजन गरेको थियो। उक्त बजेटलाई विभाजन गरी डिभिजन वन कार्यालय कालिकोटले त्रिवेणी पाटनमा ९० लाख, पत्तागाडेमा ३० लाख र गाइगौँडामा २५ लाख दिएको थियो। अहिले तीनवटै धर्मशाला भत्किएर काम नलाग्ने भएका छन्। 
अहिले त्यहाँ मान्छे बस्न मिल्दैन। यी अहिले पाटनमा चर्ने पशु चौपायाको ओतलाग्ने ठाँउ बनेका छन्। गत वर्ष बनाएको धर्मशालामा यो वर्षको बढिमालिका तीर्थयात्रा जाने तिर्थालुले बस्न पाएनन्। 
  
त्रिवेणी पाटनमा रहेको धर्मशाला आधा भत्किएको छ। स्थानीय कर्म सिम्खडाले भने, 'पत्तागाडेमा रहेको धर्मशाला पूर्णरूपमा भत्किसकेको छ। भत्किएका दुवै धर्मशाला सान्नीत्रिवेणी गाउँपालिकाले उपभोक्ता समितिमार्फत निर्माण गरिएका हुन्। धर्मशाला निर्माणका लागि विनियोजित बजेट हिनामिना गरी स्टमेटअनुसार काम नगरेको सिम्खडाको आरोप छ। 
कार्यकर्तालाई भरणपोषण गर्नकै लागि धर्मशालामा बजेट विनियोजन गरिँदा गुणस्तरहीन काम भएको प्राविधिक कम्मर बमले बताए। यसमा न्यूनतम मापदण्ड पनि पूरा नभएको उनको भनाइ छ। 

प्रदेश सरकारको नीति तथा कार्यक्रममा त्रिवेणी पाटन पर्यटकीय गन्तव्यका रूपमा समेटिएको छ। तर, पर्यटकीय क्षेत्रसम्म पुग्न गोरेटो बाटो छैन्। धर्मशाला निर्माणको लापरबाहीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको छ। 

पुनः सात करोड बजेट
कर्णाली प्रदेश सरकारले फेरि पनि त्रिवेणीमै धर्मशाला निर्माणका लागि सात करोड बजेट विनियोजन गरेको छ। यसको ठेक्कामार्फत निर्माण गरिने गाँउपालिका उपाध्यक्ष पार्वति सिहंले बताइन्। उनका अनुसार त्रिवेणीमा धर्मशाला निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ। 
उनले भनिन्, विगतमा भएको गुणस्तरहीन कामले हामीलाई अहिले थप सचेत बनाएको छ। त्यस विषयमा अख्तियारमै उजुरी परिसकेकाले छानबिन हुँदै जाला। अहिले निर्माण गर्न लागेको धर्मशालालाई सुविधासम्पन्न बनाउन र गुणस्तरीय काम गराउन हामी नियमित अनुगमन र रेखदेख गर्नेछौँ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.