अफ सिजनमा खुम्बु क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटक बढे

अफ सिजनमा खुम्बु क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटक बढे

सोलुखुम्बु : अफ सिजनमा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको संख्या वृद्धि भएको छ ।

 विगतका वर्षहरुमा भन्दा यसवर्ष सिजन सकिएपछि पनि भ्रमण गर्न आउने विदेशी पर्यटक बढिरहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । 

गत वर्ष यहि समयमा दैनिक २/३ जना विदेशी पर्यटकहरु मात्रै भ्रमणका लागि आउने गरेको खुम्बु क्षेत्रमा अहिले दैनिक १२/१४ जनासम्म भित्रिरहेको निकुञ्जको तथ्यांक छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख द्ववारीका अछामीका अनुसार अहिले दैनिक ३ वटासम्म हवाई उडान हुने गरेको छ भने हेलिकोप्टरहरुले समेत दैनिक २ दर्जन बढी उडान गर्ने गरेको छ । 

खुम्बुमा वर्षको दुई सिजन वैशाख, जेठ, असार र असोज कार्तिक मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।

सिजनमा पर्यटकले भरिभराउ हुने सो क्षेत्रमा सिजन सकिएसँगै चहलपहल कम हुने गर्दछ । तर, यसवर्ष भने सिजन सकिए पनि फाट्टफुट्ट पर्यटकहरु आइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.