पूर्वपश्चिम राजमार्ग दोस्रो दिन पनि अवरुद्ध

पूर्वपश्चिम राजमार्ग दोस्रो दिन पनि अवरुद्ध

ढल्केवर(धनुषा) : धनुषाको ढल्केवरस्थित पूर्वपश्चिम राजमार्ग दोस्रो दिन पनि अवरुद्ध गरिएको छ। नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध पाँचदलीय गठबन्धनका स्थानीय नेताकार्यकर्ताहरुले ढल्केवरमा राजमार्ग ठप्प पार्दै प्रदर्शन गरेका हुन्।

यसअघि सोमबार नेपाली कांग्रेसका नेताकार्यकर्ताहरुले राजमार्गमा आधाघण्टा चक्काजाम गरेका थिए। त्यसपछि ढल्केवरमै बसेको नागरिकता विहीनसहितको सर्वदलीय बैठकबाट राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध संघर्षका थप कार्यक्रमहरु सार्वजानिक गरिएको हो।

सोही निर्णय अनुसार मंगलबार पनि राजमार्ग अवरुद्ध गरेको नेपाली कांग्रेसका क्षेत्रीय सचिव बुधेश्वर महतोले बताए। उनका अनुसार बुधबार बजार क्षेत्रमा कालोपट्टी बाँधेर मार्चपास गर्ने कार्यक्रम रहेको छ।

गत साउन ६ गते संघीय संसद्बाट पारित विधेयक प्रमाणीकरणका लागि साउन १५ गते राष्ट्रपति कार्यालय पठाइएको थियो। संघीय संसदको दुवै सदनबाट बहुमतले पारित भएको उक्त विधेयक संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको भन्दै राष्ट्रपति भण्डारीले फेरि प्रतिनिधिसभामै फिर्ता पठाइदिएकी छन्। विधेयक फिर्ता भएपछि मधेशका जिल्लाहरुमा आन्दोलन सुरु भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.