नागरिकता विधेयक फिर्ताको विरोधमा राष्ट्रपतिको पुत्ला दहन

नागरिकता विधेयक फिर्ताको विरोधमा राष्ट्रपतिको पुत्ला दहन

ढल्केवर (धनुषा) : नागरिकता विधेयक फिर्ताको विरोधमा धनुषामा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरिएको छ। 

विधेयक प्रमाणीकरण नगरी फिर्ता गरेको भन्दै नेपाली कांग्रेसका नेताकार्यकर्ताले पूर्वपश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिकाको विरेन्द्रबजारमा राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी मुर्दावाद, नागरिकता विधेयक कायम गर लगायतका नारा लगाउँदै विरोध प्रदर्शनमा उत्रिएका उनीहरूले राष्ट्रपति भण्डारीको पुत्ला समेत जलाएका थिए। प्रदर्शनमा स्थानीय प्रहरी प्रशासनले हस्तक्षेप गरेका थिए। प्रदर्शनकारीबाट आगो लगाइएको पुत्ला नियन्त्रणमा लिएर प्रहरीले निभाएको थियो।

संघीय संसदको दुवै सदनबाट बहुमतले पारित भएको उक्त विधेयक संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको भन्दै राष्ट्रपति भण्डारीले फेरी प्रतिनिधिसभामै फिर्ता पठाइदिएपछि मधेशका जिल्लाहरू तातिएको छ। 

राष्ट्रपति भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधि सभामा पेस भएको छ। विधेयक पुनर्विचार गर्नुपर्ने भन्दै राष्ट्रपति भण्डारीले साउन २९ गते नागरिकता विधेयक फिर्ता गरेकी थिइन्। उनले १५ बुँदे सुझावसहित विधेयक फिर्ता गरेकी हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.