८५२ कोरोना संक्रमित थपिए, ७ जनाको भेन्टिलेटरमा उपचार हुँदै

८५२ कोरोना संक्रमित थपिए, ७ जनाको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं : पछिल्लो २४ घन्टामा थप ८५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५३१ र एन्टिजेन विधिबाट ३२१ जना गरी कूल ८५२ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा ६ हजार ३८३  नमूनाको परीक्षण भएको थियो।

यो अवधीमा ३२८ जना संक्रमित डिस्चार्ज भएका छन्।

बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ५ हजार ४६२ रहेको छ।

कोरोना संक्रमण दर १३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

३ जना आईसीयू र ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.