राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बजेट विनियोजनः स्वास्थ्य राज्यमन्त्री

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बजेट विनियोजनः स्वास्थ्य राज्यमन्त्री

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चारसय शय्या बनाउन बजेट विनियोजन भएको र अर्थ मन्त्रालयबाट पत्र आइसकेको बताएका छन्। 

तुल्सिपुरमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रमा उनले उपत्यकाभन्दा बाहिर सात वटा विशिष्टीकृत अस्पताल बनाउने योजनाअनुसार प्रतिष्ठानलाई पनि त्यसमा जोड्न सफल भएको बताएका हुन्।

निकट भविष्यमा प्रतिष्ठानलाई छ सय शय्याको बनाउने गरी योजना अघि बढेको उनको भनाइ छ। दाङमा १८ वटा डायलासिस मेसिन ल्याउन  सकिएको भन्दै यसको तत्काल जडानको प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ। राज्यमन्त्री केसीले टरिगाउँ विमानस्थलको विकल्प खोज्ने विषय तत्काल आवश्यक नभएको बताए।

'अहिले विकल्प कहाँ खोज्ने', उनले भने, 'बरु भएकैलाई स्तरवृद्धि गरौँ, यसमा म प्रतिबद्ध छु।' यो विमानस्थलमा ७२ सिटे वा ४२ सिटे जहाज अवतरण गराउन सकिएमा ठूलो राहत हुने उनको भनाइ छ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका राज्यमन्त्री केसीले दाङ क्षेत्र नं ३ मा उम्मेदवारका लागि आफ्नो दाबी रहनेसमेत बताए। यसअघि आफू यही क्षेत्रबाट निर्वाचित भएकाले अहिले पनि स्वभाविक रूपमा दाबी रहने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.