प्रदेशलाई निम्छरो बनाउन खोजेको आरोप

प्रदेशलाई निम्छरो बनाउन खोजेको आरोप

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले पूर्ण अधिकार हस्तान्तरणको अभावमा संघीयता कार्यान्वयन जटिल बन्दै बताएका छन्।

मंगलबार संघीय शासन प्रणाली सवलीकरण विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन्। 

उनले प्रदेश सरकारको तुलनामा एउटा स्थानीय पालिकाको बजेट र अधिकार बढी रहेको जिकिर गरे। अधिकार हस्तान्तरणको अभावमा योजना कार्यान्वयन चुनौतीपुर्ण बन्दै गएको उनले गुनासो गरे। 

'एउटा पालिकासँग प्रदेश सरकारको भन्दा बढी अधिकार छ। हामीसँग के अधिकार छ? हामी के गर्न सक्छौं,' उनले भने, 'संघीय सरकारका भौतिक पूर्वाधार मन्त्रीले मात्रै सिङ्गो प्रदेशको तुलनामा ५/६ गुणा बढी बजेट मुठ्याएर बस्नुभएको छ। यसरी निम्छरो बनाउने प्रयास नगर्नुस्। बरु आउनुस्, हेरौं। जिल्ला-जिल्लामा तपाईंका योजनाहरू बढी छन् कि हाम्रा।'

फरक प्रसङ्गमा बोल्दै मुख्यमन्त्री राईले केपी ओली नेतृत्वको सरकारले प्रदेशको नामकरण गर्न नसकेको र आलोचना आफूहरूले खेप्नुपरेको आरोप लगाए। 

पहिचानको आधारमा नामकरण गर्ने विषय यसअघि पनि उठेको हुनाले त्यसको सम्बोधनसहित प्रदेशलाई नाम दिन नसक्नु ओली नेतृत्वको सरकारको असफलता रहेको उनले बताए। 

नामकरणको विषय यसअघिको सरकारको प्राथमिकतामा पर्न नसक्नु दुःखद रहेको उनले जिकिर गरे। 'ओली नेतृत्वको सरकार प्रदेश नामकरणको विषयमा गम्भीर हुन सकेन। अहिले आएर त्यसको जिम्मा प्रदेशलाई नै सुम्पिएको भन्दै पन्छिन खोजेको देखिन्छ,' उनले भने, 'यो मुख्यमन्त्रीको काँधमा बन्दुक राखेर पड्काउनु जस्तै हो।'

प्रदेशको नामकरण नहुनुलाई संघीयता कार्यान्वयनको असफलताका रूपमा व्याख्या गर्न नहुने मुख्यमन्त्री राईले औंल्याए। उनले भने, 'यो संघीयता कार्यान्वयनमा देखिएको जटिलता मात्र हो।'


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.