कोरोनाबाट हालसम्म करिब १२ हजारले ज्यान गुमाए

कोरोनाबाट हालसम्म करिब १२ हजारले ज्यान गुमाए

काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या करिब १२ हजार पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ११ हजार ९९९ को मृत्यु भइसकेको छ। यो कूल संक्रमितको १.२ प्रतिशत हो। 

कोरोना सुरु भएयता पीसीआर विधिबाट ५८ लाख ८२ हजार २८ र एन्टिजेनबाट १३ लाख ४८ हजार ३६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ९ लाख ९६ हजार ६०५ र एन्टिजेनबाट १ लाख ५० हजार २२४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

कोरोना देखिएकामध्ये ९८.४ प्रतिशत अर्थात् ९ लाख ८० हजार ६६३ जना निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३९४३ रहेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.