डा. गोविन्द केसी भदौ २७ देखि सत्याग्रह बस्ने
काठमाडौंः सरकारी पक्षले माग पूरा गर्न केही समय मागेपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी सत्याग्रह दुई हप्ता पछि सारेका छन् ।
आइतबारदेखि सत्याग्रह घोषणा गरेका डा.केसीले भदौ २७ देखि सत्याग्रह बस्ने बताएका छन्।
देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाउनुपर्ने, जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण हुनुपर्ने डा.केसीको माग छ ।
यस्तै, सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गर्नुपर्ने उनको माग छ ।