रोजभिल्लाका आकर्षक घरहरू बिक्रीमा, २५ प्रतिशत छुट

रोजभिल्लाका आकर्षक घरहरू बिक्रीमा, २५ प्रतिशत छुट

काठमाडौं : काठमाडौंको बुढानिलकण्ठमा निर्माण भएको रोजभिल्लाका आकर्षकहरू बिक्रीमा राखिएको छ। खरिद गर्नेलाई २५ प्रतिशत छुटको समेत व्यवस्था गरेको छ। काठमाडौंमा सोचेको र खोजेको जस्तो आवास नहँदा समस्या आएकाले एबीसी प्रालिले रोजभिल्ला नामक आवासगृह निर्माण गरेको हो। 

आवासीय क्षेत्र विलासी र आरामदायी जीवनयापनका लागि डिजाइन गरिएका घरहरूको प्रिमियम सेट भएको कम्पनीले दाबी गरेको छ। बुढानिलकण्ठ बसोबासका लागि उत्कृष्ट ठाउँ भएकाले यहाँ आवास भवन निर्माण गरिएको हो। रोजभिल्ला आधुनिक लुकको साथै रोमन शैलीमा निर्माण भएको छ। यो आवास सहरसँग जोडिएको भएपनि कोलाहल र धुलोधुवाको कुनै असर नपर्ने कम्पनीले दावी गरेको छ। 

उपत्यकाको 'भीआईपी आवासीय' क्षेत्रको रूपमा हेरिने यस क्षेत्रमा बस्नु भनेको 'स्ट्याटस सिम्बो' पनि हो। यसै कारण हिजोआज बुढानिलकण्ठ क्षेत्रमा मानिसहरूको आकर्षण निकै बढेको छ। 

जहाँबाट सहरको सुख सुविधा र प्रकृतिको आनन्द लिन सकिन्छ। यसैबीच रोजभिल्ला आवास सम्पूर्ण सुविधाको संयोजनसहित निर्माण गरिएको छ।

व्यवस्थित आवास, सुविधा सम्पन्न घर अनि आनन्दको वातावरण; यो आम मानिसको सपनाको बसोबास हो। शान्त, सफा र व्यवस्थित ठाउँको बसोबासले जीवनलाई अझ सुखमय महसुस गराउँछ। तर यस्तो हामीले सोचेकै जस्तो अनि खोजेकै जस्तो ठाउँ र बसाइ पाउन काठमाडौंमा त निकै मुस्किल छ। तर असम्भव चाहिँ पक्कै छैन।

भिल्लाका घरहरू सबै सेमिफर्निष्ट रहेका छन्। पार्केटिङ, दराज फिटिङ गरिएको छ। घरको भर्याङ सिजन उडको बनाइएको छ। भने प्रायः कोठाहरूमा अट्याज बाथरूम रहेको छन्।

भिल्लाका निर्माणमा गुणस्तरीय सिमेन्ट तथा कच्चा पदार्थको प्रयोग भएको छ। भविष्यमा आउन सक्ने विपदलाई मध्यनजर गर्दै निर्माण कार्य सम्पन्न गरिएको छ। 

साथै, हामी नेपालीहरूको आस्था र विश्वासको वास्तुशास्त्रका नियमहरूलाई समेत आत्मसात गरिएको छ। इन्टरनेट तथा बिजुलीका तारहरू जमिनमुनि बिच्छ्याइएको हुँदा वस्तीमा तारहरूको अल्झन देखिँदैन। 

स्मार्ट भवन डिजाइन हेर्दा पनि राम्रो, सफा र आकर्षक देखिन्छ। भिल्ला प्रवेश गर्ने बाटो २० फिट फराकिलो छ। भिल्ला विभिन्न पाँच क्याटेगोरीमा डिजाइन गरिएको छ। भिल्लामा बस्न चाहनले पहिलो पटक ३० प्रतिशतमात्रै भुक्तानी गरे पुग्छ। बाँकी रकम ३ महिनाभित्र भुक्तानी गर्नपर्ने कम्पनीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.