पहिरोमा पुरिएर रुकुम पश्चिममा आमाछोरीको मृत्यु

पहिरोमा पुरिएर रुकुम पश्चिममा आमाछोरीको मृत्यु

जाजरकोट : रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-१४ पिपलचौरमा आइतबार आएको पहिरोमा परेर आमाछोरीको मृत्यु भएको छ। 

पिपलचौरमा रहेको सामुदायिक वनको भवन पहिरोले पुर्दा दुई आमाछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार मृत्यु हुनेमा जाजरकोट जिल्लाको भेरि नगरपालिका-१ मैदैकी ३० वर्षीया बालमती राना र उनकी दुई वर्षीया छोरी प्रतिक्षा राना रहेका छन्।

जेठी छोरी ६ वर्षीया तिर्सना रानाको भने जीवितै उद्धार गरिएको आठबीसकोट नगरपालिका- १४ का वडा अध्यक्ष हुकुम पुनले बताए।

आइतबार बिहान जाजरकोटको नलगाड नगरपालिका-१ स्थित माईतीघरबाट घर फर्कने क्रममा पानी पर्दा उनीहरू पिपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए। 

सोही समयमा भवन माथिबाट आएको पहिरोमा परेर उनीहरू पुरिएका हुन्। नेपाल प्रहरी, आठबीसकोट नगर प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो पन्छाउने क्रममा सामुदायीक भवनको झ्यालमा चेपिएको अवस्थामा तिर्सनाको उद्धार गरिएको र दुई जनाको शव निकालिएको वडा अध्यक्ष पुनले बताए। 

घाइते तिर्सनालाई भेरी नगरपालिका-१ रिम्नामा प्राथमिक उपचार गरेर जिल्ला अस्पताल जाजरकोट ल्याइएको छ। उनको अवस्था सामान्य रहेको जाजरकोटका प्रहरी प्रमुख डिएसपी सन्तोष निरौलाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.