अझै १ हजार घरधुरीमा छैन बिजुली

अझै १ हजार घरधुरीमा छैन बिजुली

प्यूठान : प्यूठानले आफ्नै पानीबाट झिमरुक जलविद्युत् आयोजना सञ्चालन गरेको २८ वर्ष पुग्यो। १२ मेगावाट क्षमताको उक्त आयोजना सञ्चालनको यति लामो समय बितिसक्दा पनि जिल्लाका केही गाउँहरू अझै पनि अन्धकार जस्तै छन्। स्थानीय खोलाहरूबाट लघु जलविद्युत् उत्पादन गरेर जसोतसो काम त चलेको छ। तर, त्यसले दिगो समाधान दिन सकेको छैन। बर्खाको भेलले आयोजनालाई क्षति गर्दा महिनौं दिन मर्मतमा पर्खनुपर्छ। 

जिल्लाको सबैभन्दा दुर्गम गाउँ नौवहिनी गाउँपालिका–१ स्याउलीवाङको कुनै पनि बस्तीमा अहिलेसम्म विद्युत् विस्तार भएको छैन। गाउँका ७ सय ५० घरधुरीका हजारौं नागरिकहरू विद्युत्बाट वञ्चित छन्। ‘गाउँलेहरू मिलेर लघु जलविद्युत् आयोजना सञ्चालन त छ’, निवर्तमान वडाध्यक्ष शेरबहादुर शेनले भने, ‘तर बर्खामा सधैंको बर्खामा बिग्रदा मर्मत गर्नै समस्या पर्छ। खर्चिलो पनि उत्तकै छ।’ उनले गाउँलेहरू मिलेर तीनवटा लघु जलविद्युत् आयोजना सञ्चालन गरेर गाउँमा जसोतसो उज्यालो बनाएको सुनाए।

३२ लाख लगानीमा १८ किलोवाट क्षमताको सरिमाखोला लघु जलविद्युत्, २५ लाख रुपैयाँ लगानीमा १६ किलोवाट क्षमताको पँधेरा कोटखोला लघु जलविद्युत् र १५ लाख रुपैयाँ लगानीमा ८ किलोवाट क्षमताको खारखोला लघु जलविद्युत् आयोजना सञ्चालन गरेको शेनले बताए। स्थानीयको लगानीमा सौर्य ऊर्जा प्रवद्र्धन केन्द्रले साथ दिएको उनको भनाइ छ। 

नेपाल विद्युत् प्राधिकरण प्यूठानका अनुसार स्याउलीवाङसहित खवाङ, लिघा, अर्खा र रजावारामा गरी करिब १ हजार घरधुरीमा विद्युत् विस्तार हुन सकेको छैन। अन्य गाउँका केही बस्तीहरूमा विस्तार भए पनि स्याउलीवाङका कुनै पनि घरधुरीमा विद्युत्ले छोएको छैन। 

जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र केन्द्रीय राजनीतिमा भएका नेताहरूले दुर्गमको बस्तीमा चासो नदिएको स्थानीयको गुनासो छ। स्याउलीवाङको ठूलो बस्तीमा मोटरबाटोसमेत पुगेको छैन। घण्टौं पैदल हिँडेर नागरिकहरू बजार जान बाध्य छन्। जिल्लामा विकास दुर्गम गाउँबाट सुरु गर्न यहाँका नागरिकहरूले सुझाव दिएका छन्। हरेक निर्वाचनमा गाउँमा बिजुली र मोटरबाटो लैजाने नेताहरूले गुलिया आश्वासन बाढ्छन्। तर, चुनाव जितेर गइसकेपछि गाउँका नागरिकका पीडाहरू बिर्सने गरेको स्थानीयको दुःखेसो छ। 

समयमै विद्युत् विस्तार गर्न प्राधिकरणलाई दबाब दिइरहेको नौवहिनीका अध्यक्ष दिलबहादुर थापाले प्रतिक्रिया दिए। ‘काम छिटो गर्न हामीले दबाब दिइरहेका छौं’, थापाले भने, ‘स्याउलीवाङको अपुरो बाटो पनि यही वर्ष पूरा गर्छौं। प्रदेशबाट ४० लाख आएको छ। गाउँपालिकाले ५० लाख छुट्ट्याएको छ। सडककै कारण विद्युत् विस्तार गर्न रोकिँदैन।’ चालू आर्थिक वर्षभित्र विद्युत् विस्तार हुन बाँकी रहेका सबै ठाउँमा विस्तार गर्ने योजना रहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र प्यूठानका प्रमुख महेन्द्रकुमार दासले जानकारी दिए। ‘टेन्डर भइसकेको छ। पोलहरू आइसके। तार आउन बाँकी छ’, उनले भने, ‘यसै आर्थिक वर्षभित्र सबै ठाउँमा विस्तार गर्छौं।’ उनले रजवारामा ७० प्रतिशत विद्युतीकरण गर्न बाँकी रहेको सुनाए। स्वगद्वारी–१ कोचिवाङमा बढीमा २० घरधुरीमा काम पूरा गर्न बाँकी रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.