'विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो' योजना सार्वजनिक

काठमाडौं : सिटी एक्सप्रेस मनी ट्रान्सफरले २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै 'विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो' योजना सार्वजनिक गरेको छ। यो योजना ६३ दिनसम्म सञ्चालन हुनेछ।
योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदीका साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेतालाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञ्यशाली बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ।
कम्पनीका अनुसार अफर भदौ १५ गतेदेखि कार्तिक १५ सम्म लागू हुनेछ। सिटी एक्सप्रेसमार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो योजनामा सहभागी हुनेछन्।
यस उपहारको विजेता विद्युतीय प्रणालीद्वारा छनोट गरिनेछ। यो योजनामा सिटी एक्सप्रेसमा कार्यरत कर्मचारी सहभागी हुन पाउने छैनन्। सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।
आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजार भन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्न सकिन्छ। यसले कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ।
प्रतिक्रिया दिनुहोस !
