सामसङ ग्यालेक्सी ए१३ नेपाली बजारमा आउँदै

काठमाडौं : सामसङको ए सिरिज परिवारको नयाँ सदस्य नेपालमा छिट्टै रिलिज हुँदैछ। सामसङ ग्यालेक्सी ए१३ सामसङको उच्च गुणस्तरको नवीनताबाट निर्मित फोन हो।
सामसङ हरेक मूल्य बिन्दुमा उत्कृष्ट फोनहरू उपलब्ध गराउन प्रतिबद्ध रहेको छ। ग्यालेक्सी ए१३ ले लामो समयसम्म चल्ने ब्याट्री, सुन्दर ४ वोटा-लेन्स क्यामेरा र आकर्षक एज-टु-एज डिस्प्लेको साथ यो प्रवृत्ति जारी राखेको छ।
यी सबै सुविधाहरूले ए१३ लाई कन्टेन्ट बनाउनेहरूका लागि र विशेषगरी नयाँ उदयमान प्रतिभाहरूका लागि उपयुक्त बनाउँछ।
यसको शक्तिशाली मल्टि-क्यामेरा प्रणालीले तस्बिर र भिडियोहरू खिच्न धेरै सुविधाज दिन्छ। यसको स्टोरेज वृद्धिले यो फोनलाई एक उत्कृष्ट सदस्य बनाउँछ।
सम्पादन गर्ने काम वा टिकटक स्क्रोल गर्न सहज बनाउँछ।
आफ्नो फोनमा लोड गर्ने सबै डाटा र सबै फाइलहरूको सुरक्षाको बारेमा पनि चिन्ता गर्नु नपर्ने कम्पनीले जनाएको छ।
ग्यालेक्सी ए१३ सामसङको विशेष नक्स सेक्युरिटीसँग सुसज्जित छ।
प्रतिक्रिया दिनुहोस !
