मदन भण्डारी राजमार्ग : पुल नहुँदा जोखिम मोलेर यात्रा

मदन भण्डारी राजमार्ग : पुल नहुँदा जोखिम मोलेर यात्रा

गुल्मी : सडक कालोपत्रे भएपनि खोलाहरुमा पक्कीपुल नहुँदा सर्वसाधरण नागरिकहरु बर्खामा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । पुलबीनाको कालोपत्रे सडकले मदन भण्डारी राजमार्गलाई गिज्जाइरहेको छ । सामान्य झरी पर्दा पनि खोला बढेर यात्रुहरु गन्तव्यमा पुग्न सक्दैनन् ।

गुल्मीको भित्री सडक अन्तर्गत पर्ने मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका र रेसुंगा नगरपालिकाका बस्तीहरुमा सडक भएर दैनिक सयौँ गाडीहरु ओहोरदोहोर गर्छन् । सदरमुकाम तम्घाससहित बुटवल, काठमाडौं पुग्नका लागि पनि यस क्षेत्रका मानिसको सजिलो गन्तव्य यही मार्ग हो ।

ढुक्कसँग यात्रा गर्ने नागरिकहरुको चाहना पूरा हुन कम्तीमा अझै डेढ वर्ष लाग्ने छ । मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने गुल्मीको तम्घास–सिमलटारी खण्डमा सडक कालोपत्रे भएको चार वर्षपछि बल्ल पक्की पुल बन्ने तरखर भएको छ । छिमेकी जिल्ला प्यूठान र अर्घाखाँचीका नागरिकहरु समेत यसै सडक भएर आउजाउ गर्ने गर्छन् । सडक कालोपत्रे भएर हौसिएका नागरिकहरु पुल नबन्दा वर्षौसम्म निराश भएका थिए । चार वर्षपछि भएपनि पुल बन्ने प्रक्रियाले गति लिन थालेपछि यस क्षेत्रका नागरिकहरु उत्साहित हुन थालेका हुन् । तम्घासदेखि सिमलटारीसम्मको दुरी २८ किलोमिटर हो । 

मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीका इन्जिनियर दुर्गा गौतमले तम्घासदेखि सिमलटारीसम्मका चारवटा खोलाहरुमा पक्की पुल बन्ने प्रक्रिया अघि बढिसकेको जानकारी गराए । फूलवारी खोला अर्जै, घमीर खोला, हुलाके खोला र धनार्जे खोलामा ११ मिटर चौढाइको पक्कीपुल बन्ने उनले बताए । 

फूलवारी र घमीर खोला पुल निर्माणका लागि पन्थ निर्माण सेवा प्रा.लि गुल्मीसँग ठेक्का सम्झौता भएको छ भने हुलाके र धनार्जे खोला पुल निर्माणका लागि शुनिल समिर निर्माण सेवा प्रालिसँग सम्झौता भएको छ । यी चारवटा पुल निर्माणका लागि भ्याटसहित १९ करोड २६ लाख ५५ हजार २ सय रुपैयाँ निर्माण कम्पनीसँग सम्झौता भएको इन्जिनियर गौतमले जानकारी दिए । उनका अनुसार निर्माण कम्पनीले आगामी ०८० भदौ, मंसीर र माघ महिनाभित्र पुल बनाइसक्नुपर्ने सम्झौता छ । 

मदन भण्डारी राजमार्ग कुन ठाउँबाट जाने भन्ने विषय नटुंगिदा बिचमा कामले गति लिन नसकेको र पुल निर्माणमा ढिलाई भएको आयोजना कार्यालयका प्रमुख शशांक मिश्रले जानकारी दिए । ‘यसबीचमा डीपीआर तयार भए’,उनले भने,‘अहिले मदन भण्डारी राजमार्गको सडकमा विवाद छैन् । अब कामले गति लिन्छ ।’ 

गुल्मीको सिमलटारीहुँदै पुर्कोटदह, प्यूठानको सौतामारेबाट मच्छि हुँदै एउटा खण्ड र अर्घाखाँचीको बलकोट, रतनमारे, गोखुंगाहुँदै प्यूठानको मजुवासम्म जाने अर्को खण्ड तय भएको छ । मदन भण्डारी राजमार्ग पहाडी जिल्लाका नागरिकहरुको जीवनस्तर माथि उकास्ने महत्वपूर्ण योजना हो । 

पुल नहुँदा बर्खामा जोखिम मोलेर यात्रा गर्नुपरेको मालिका गाउँपालिका ५ छापहिलेका गाडी चालक बसन्त श्रीसले गुनासो गरे । ‘पुल बीनाको कालोपत्रे सडकको के काम,'उनले भने,‘यो त मान्छे बाहिर हेर्दा चिटिक्क तर भित्र भित्रै रोगी जस्तै भएन र ?'

उनले पुल निर्माणको कामलाई तत्काल सुरु गरि तोकिएकै समयमा पूरा गर्न माग गरे । हिउँदमा हिँड्न सजिलै भएपनि बर्खामा निकै कष्ट पर्ने गरेको उनको दुःखेसो छ । हुलाकेबाट तम्घास २५ मिनेटमै पुग्न सकिने भएपनि बर्खामा खोलाले बाटो छेक्दा इस्मा गाउँपालिका कार्यालय, मैदान र दर्लामचौर हुँदै घुमेर जाँदा करिब डेढ घण्टा लाग्ने गरेको उनले सुनाए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.