अबको केही दिनमै स्वास्थ्य बिमाको समस्या समाधान प्रतिवेदन ल्याउँछौं :  स्वास्थ्य राज्यमन्त्री

अबको केही दिनमै स्वास्थ्य बिमाको समस्या समाधान प्रतिवेदन ल्याउँछौं :  स्वास्थ्य राज्यमन्त्री

काठमाडौं : स्वास्थ्य बिमा सुदृढीकरण निर्देशक समितीको दोस्रो बैठक शुक्रबार बसेको छ। 

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीको संयोजकत्वमा गठित निर्देशक समितिको दोस्रो बैठक बसेको हो। 

बैठकमा स्वास्थ्य बिमाका प्रशासनिक सुधार, व्यवस्थापकीय पाटोका विषयमा छलफल भएको समितिका सदस्य सचिव नारायण ढकालले जानकारी दिए।

बैठकमा स्वास्थ्य बिमामा भएको बेथितिका विषयमा पनि औंल्याइएको थियो। यस्तै स्वास्थ्य बिमा कार्यक्रमको वर्तमान स्थितिको आँकलन गरिएको थियो। 

सो क्रममा राज्यमन्त्री केसीले स्वास्थ्य बिमालाई आम जनतासँग जोड्नुपर्ने र यो कार्यक्रमलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए। 

उनले भने, 'केहीदिन प्रतिवेदन बाहिर ल्याउँछौं। बिमा कार्यक्रमलाई आम विमितसँग जोड्ने र जनजनको कार्यक्रम बनाउन म केन्द्रित छुँ।'

गत साउन २६ मा स्वास्थ्य मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले स्वास्थ्य बिमासम्बन्धी समस्या समाधान गर्न स्वास्थ्य राज्यमन्त्री केसीको अध्यक्षतामा ५ सदस्यीय स्वास्थ्य बिमा सुदृढीकरण निर्देशक समिती गठन गरेको थियो। 

समितिलाई स्वास्थ्य बिमा कार्यक्रमको अवस्था र चुनौती अध्ययन, विश्लेषण एवं समिक्षा गरी स्वास्थ्य बिमा कार्यक्रममा विद्यमान समस्या समाधानका लागि तीन साताभित्र प्रतिवेदन पेश गर्न अख्तियारी दिइएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.