दीर्घ रोगका औषधि उत्पादनमा जोड दिएका छौं

दीर्घ रोगका औषधि उत्पादनमा जोड दिएका छौं

राजनीतिक परिवारमा जन्मेका उमेशलाल श्रेष्ठ क्वेष्ट फर्मास्युटिकल्स कम्पनिका प्रबन्ध निर्देशक हुन्। स्वर्गिय पुष्पलाल श्रेष्ठ र साहना प्रधानका एक्ला सन्तान उमेशलाल संयोगवश व्यवसायमा होमिए। उद्योगि व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (वस्तुगत)का पूर्व उपाध्यक्ष उमेशलाल सरकारले सहयोग गरे औषधिमा आत्मनिर्भर हुन सकिने बताउँछन्। नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष श्रेष्ठसँग औषधि व्यवसायमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश। 


औषधि व्यवसायको क्षेत्रमा कसरी आकर्षित हुनु भयो ? 

 युवावस्थादेखि नै राजनीति गर्ने ईच्छा पटक्कै थिएन। बीएस्सी सके पछि थप उच्च अध्ययनको तयारीमा थिएँ। त्यहिं बेला आमा (सहाना प्रधान)को जागीर गयो। शिक्षकको जागीर गए पछि कसरी धानिने ? भन्ने भयो। हेक्सल फर्मास्युटिकल्स कम्पनिमा जागीर गर्न पुगें। ६÷७ वर्ष पछि रोजगारी लिन जाने होइन रोजगारी दिनु पर्छ भन्ने सोंच जाग्यो। क्वेष्ट फर्मास्युटिकल्स कम्पनि स्थापना गरियो।

दुई दशकमै नेपालका शीर्ष औषधि उद्योग भित्र कसरी पर्न सफल हुनु भयो ? 

यो दुई दशकको अवधिमा हामीले औषधि उत्पादनमा विविधता ल्यायौं। औषधिमा गुणस्तरीयता र विश्वसनियता कायम राख्यौं। डाक्टरले पनि औषधिको गुणस्तरमा विश्वास गरि प्रेसक्राइब गर्नु भयो। बिरामीहरूले पनि विश्वास गरेका कारण यो उचाई हासिल गरेको हो। 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि असल उत्पादन अभ्यास (जीएमपी) बाट प्रमाणित गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) द्वारा पिपल डेभलपर सर्टिफिकेट र राष्ट्रिय उत्कृष्टता पुरस्कार (नेशनल एक्सिलेन्स अवार्ड) प्रदान गरेको छ। अहिले हामी नेपालका शीर्ष औषधि उद्योग भित्र पर्न सफल भएका छौं।

दीर्घरोगका लागि आवश्यक औषधि उत्पादनलाई प्राथमिकता दिइरहेको छ नि ? 

जेनरल औषधिहरू उत्पादन भन्दा पनि दीर्घ रोगका औषधि उत्पादनमा जोड दिएका छौं। दीर्घ रोगहरू जस्तो मुटुरोग, मधुमेह, नसा, छाला जन्य, एन्टिवायोटिक्स लगायतका क्षेत्रमा औषधि उत्पादन गरिरहेका छौं। 

नेपालमा संक्रमणजन्य रोगको प्रकोप देखिन्छ। यसतर्फ औषधि उत्पादन गर्ने सोंच छ की ? 

नेपालमा संक्रमणजन्य रोगको जोखिम उच्च छ। हरेक वर्ष कुनै न कुनै रोगको संक्रमण भइरहेको हुन्छ। त्यसतर्फ पनि औषधि उत्पादन गर्नु पर्छ की भन्ने सोंच छ। क्यान्सर रोग विरुद्धको औषधि पनि उत्पादन गर्ने योजना छ। 

औषधिमा कसरी आत्मनिर्भर हुन सकिएला ?

१६ किलोमीटर टाढा रहेको छिमेकी मुलुक बंगलादेश स्वदेशी औषधिमा आत्मनिर्भर बन्न सफल भएको छ। 

नेपालमा पनि आत्मनिर्भर हुन सकिन्छ। तर, त्यसकालागि सरकारले केहि पक्षहरूमा सुधार गर्नु पर्छ। लगानीका साथै प्रविधि र दक्षतामा सुधार गर्नु पर्छ। सरकारले सहयोग गर्ने हो भने स्वदेशी औषधिको योगदान ८० प्रतिशत पुर्याउन सकिन्छ। 

सरकारले कुन कुन पक्षमा सहयोग गर्नु पर्यो ?

 सरकारले स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्नु पर्छ। उद्योगमैत्री वातावरण बनाउनु पर्छ। ऐन, कानून स्वदेशी उद्योगमैत्री हुनु पर्छ। त्यसकालागि बर्तमान राष्ट्रिय औषधि नीति र औषधि सम्बन्धि अन्य नीतिको समीक्षा गरि सुधार गर्नु पर्छ। 

सरकारले निजी क्षेत्रलाई वेवास्ता गर्दा समस्या भोगिरहेका छौं। निजी क्षेत्रका समस्या समाधान गर्न हामीले अनुरोध गरिरहेका छौं। तर, सरकारले कानमा तेल हालेर बसेको छ।

औषधिको आयातको तुलनामा निर्यात न्युन छ। औषधि निर्यात गर्ने योजना के छ ?

अहिले सीमित केहि उद्योगहरूले औषधि निर्यात शुरु गरेका छन्। हाम्रो पनि निर्यात गर्ने योजना छ। त्यसकालागि केहि वर्ष पर्खनु पर्छ।

संस्थागत सार्वजनिक उत्तरदायित्वतर्फ कम्पनिले के के गरेको छ ?

विद्यालयमा साईन्स प्रयोगशाला स्थापना गर्न सहयोग गरेका छौं। दुर्गम क्षेत्रमा नियमित स्वास्थ्य शिविर पनि सञ्चालन गरिरहेका छौं। २५ हजार भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन्। वेवारिसे व्यक्ति र दुव्र्यसनि पुर्नस्थापना केन्द्रमा पनि सहयोग गर्छौं। २०७२ सालमा भुकम्प जाँदा झण्डै एक करोडको औषधि निःशुल्क वितरण गरेका थियौं। 

नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा उम्मेदवारी दिने योजना छ ?

स्वभाविकरुपमा बरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दिन्छु। महासंघको छवि, गरिमालाई बढाउँदै उद्योगी व्यवसायिको हकहितमा समर्पित हुने योजना छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.