प्यूठानबाट प्रदेशसभामा पुनः रिजाल एकल सिफारिस
प्यूठान : नेकपा एमाले प्यूठानले प्रदेश सभा सदस्य (ख) निर्वाचन क्षेत्रमा पार्टीका केन्द्रीय सदस्य एवं प्यूठान सह-इन्चार्ज हरि प्रसाद रिजाललाई एकल सिफारिस गरेको छ।
आइतबार पार्टी कार्यालय विजुवारमा बसेको निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले रिजाललाई पुनः लुम्बिनी प्रदेश सभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको हो।
रिजाल हाल लुम्बिनी प्रदेश सभा सदस्य छन्। यसअघि उनी लुम्बिनी प्रदेशका ग्रामीण पर्यटन तथा सहरी विकास मन्त्री हुन्।
पार्टीले यसअघि प्रदेश (क) मा पनि पार्टीका निवर्तमान जिल्ला कमिटी अध्यक्ष तुल्सिराम शर्मालाई सिफारिस गरेको छ।
एमाले प्यूठानले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यमा सर्वसम्मत रूपमा उम्मेदवारको सिफारिस गर्ने जनाएको छ।
उनी यसअघि प्रदेश (क) बाट प्रदेशसभा सदस्य थिए । नौवहिनी गाउँपालिका लुङ निवासी उनको निर्वाचन क्षेत्र प्रदेश (ख) हो ।