फाइजर खोप अभियानको प्रतिवेदन पठाउन स्वास्थ्य मन्त्रालयको पत्राचार

फाइजर खोप अभियानको प्रतिवेदन पठाउन स्वास्थ्य मन्त्रालयको पत्राचार

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध फाइजर खोप अभियानको प्रतिवेदन पठाउन २७ जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्राचार गरेको छ । 

स्वास्थ्य सेवा विभागले २७ जिल्लाका २९६ स्थानीय तहमध्ये ५५ वटा स्थानीय तहबाट खोपको पहिलो मात्रा र १५९ वटा स्थानीय तहबाट दोस्रो मात्राको प्रतिवेदन प्रविस्ट नभएको भन्दै पत्राचार गरेको हो ।

इलाम, झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनुषा,पर्सा, महोत्तरी, सिन्धुली, काठमाडौं, भक्तपुर, ललितपुर,काभ्रे, चितवन, मकवानपुर, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली , कंचनपुर र डडेलधुराका स्वास्थ्य कार्यालयले प्रतिवेदन पठाएका छैनन् ।

 परिपत्रमा भनिएको छ, '५ वर्ष देखि १२ वर्ष मुनिका बालबालिकाहरुलाई फाइजर पेडियाट्रिक खोप २०७९ असार ९ गते देखि पहिलो मात्रा र २०७९ श्रावण ५ गते देखि दोस्रो मात्रा खोप अभियान संचालन गरिएको व्यहोरा विदितै छ । तत् सम्बन्धमा उक्त कार्यक्रम संचालन पूर्व सबै जिल्लाहरुमा खोप कार्यकर्ता समेतको तालिम संचालन गरिएको र उक्त अभियानको प्रतिवेदनको लागि अनुसूची समेत उपलब्ध गराई डीआइएचएस–२ मा अभियान पश्चात प्रतिवेदन गर्नुपर्ने कुरा समेत जानकारी गराइएकोमा हालसम्म प्राप्त डीआइएचएस–२ को विश्लेषण गर्दा २७ जिल्लाको २९६ स्थानीय तहमध्ये ५५ वटा स्थानीय तहबाट पहिलो मात्राको र १५९ वटा स्थानीय तहबाट दोस्रो मात्राको प्रतिवेदन प्रविस्ट नभएको देखिएको हुँदा यस महाशाखाको ध्यान आकर्षण भएको छ ।'
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.