एमाले झापा : क्षेत्र नम्बर १ मा कोइराला, २ मा चार र ३ मा पाँच जना सिफारिस

एमाले झापा : क्षेत्र नम्बर १ मा कोइराला, २ मा चार र ३ मा पाँच जना सिफारिस

झापा : नेकपा (एमाले)ले झापा क्षेत्र नम्बर १, २ र ३ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ। 

एमाले झापा १ क्षेत्रीय कमिटीको सोमबार बसेको बैठकले पार्टीका केन्द्रीय सदस्य र झापाका सह इन्चार्ज रविन कोइरालाको एकल नाम सिफारिस गरिएको क्षेत्रीय संयोजक टिकाराम मंग्रातीले जानकारी दिए। 

कोइराला २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए। उनले काँग्रेस युवा नेता विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए। 

मंसीर ४ गते हुने निर्वाचनमा पुनः कोइराला र शर्माबीच चुनावी प्रतिस्पर्धा हुने निश्चित छ। शर्माको एकल नाम झापा १ बाट सिफारिस भइसकेको छ। 

त्यस्तै प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ झापा क्षेत्र २ बाट चार जनाको नाम सिफारिस भएको छ। 

बिर्तामोडस्थित पार्टी कार्यालयमा सोमबार बसेको क्षेत्रीय कमिटीको बैठकले पूर्व महान्यायाधिवक्ता तथा झापा इन्चार्ज अग्निप्रसाद खरेल, देवराज घिमिरे, पवित्रा निरौला खरेल र धुव्र सिवाकोटीको नाम सिफारिस गरेको छ। 

त्यस्तै प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ झापा क्षेत्र नम्बर ३ बाट पाँच जनाको नाम सिफारिस भएको छ। 

पाथीभरा सामुदायिक वन उपभोक्ता समिति हल्दिबारीको हलमा सोमबार बसेको क्षेत्रीय कमिटीको बैठकले दुर्गा प्रसाईँ, मोहनचन्द्र रेग्मी, हरिप्रसाद घिमिरे, लोकनाथ भट्टराई र गंगा भुर्तेलको नाम सिफारिस गरेको क्षेत्रीय इन्चार्ज वसन्त बानियाँले जानकारी दिए। 

प्रतिनिधिसभा समानुपातिकतर्फ रेणुका भुर्तेल, शुभलक्ष्मी राई, मोना खवासको नाम सिफारिस गरिएको उनले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.