प्यूठान प्रदेश (क) मा माओवादीबाट अधिकारी एकल सिफारिस

प्यूठान प्रदेश (क) मा माओवादीबाट अधिकारी एकल सिफारिस

प्यूठान : नेकपा माओवादी केन्द्र प्रदेश (क) क्षेत्रीय समन्वय समिति प्यूठानले प्रदेशसभा सदस्य उम्मेदवारका लागि पार्टीका नेता कृष्ण अधिकारी (प्रकाश) लाई एकल नाम सिफारिस गरेको छ। 

क्षेत्रीय समन्वय समितिको मंगलबार बसेको बैठकले प्रकाशलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउन सिफारिस गरेको हो।

उनको नाम पार्टीको जिल्ला समन्वय समितिले टुंग्याउने छ। बुधबार प्रदेश (ख) को उम्मेदवार र बुधबार प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि नामावली सिफारिस हुने नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति प्यूठानका संयोजक पित बहादुर एमसीले जानकारी दिए। 

क्षेत्रीय समन्वय समितिले प्रतिनिधिसभा सदस्यका लागि पार्टीका केन्द्रीय सचिव लिलामणी पोखरेल, पोलिटब्यूरो सदस्य कृष्णध्वज खड्का, पूर्व सांसद् नारायण प्रसाद अधिकारी र नेता वाइबी थापाको नाम सिफारिस गरेको छ। 

प्रदेश (ख) समन्वय समितिले पनि प्रतिनिधिसभा सदस्यको नाम जिल्लामा पठाउने र त्यसमध्येबाट छनौट गरेर अन्तिम निर्णयका लागि पार्टीको जिल्ला समन्वय समितिले केन्द्रमा सिफारिस गर्ने छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.