पाटनमा आएन जहाज

पाटनमा आएन जहाज

बैतडी : बैतडीको पाटन विमानस्थलमा ६ महिनादेखि उडान हुन सकेको छैन। हरेक बिहीबार समिट एयरले उडान भर्दै आएको धनगढी–पाटन, पाटन–धनगढी हवाई सेवा २०७८ चैत १० देखि हुन सकेको छैन। चैतदेखि बन्द रहेको हवाई सेवा असारदेखि सुचारु गर्ने भनिएको थियो। तर, मौसम अनुकूल नहुँदा उडान भर्न नसकिएको समिट एयर बैतडीका प्रतिनिधि कृष्णदत्त भट्टले जानकारी दिए। 

‘चैतपछि केही महिना पूर्वतर्फ पर्यटक आवागमन बढ्यो, यता उडान भर्ने विमान पनि उतै सिफ्ट भयो। त्यसपछि यता उडान भएन,’ उनले भने, ‘असारदेखि उडान गर्ने योजना थियो, मौसम अनुकूल नहुँदा असारदेखि पनि उडान भर्न सकिएन,’ उनले भने, ‘अब दसैंमा उडान हुने उनको अपेक्षा छ। मौसम पनि अनुकूल भएको छ, अब यात्रु पनि पाइन्छन्। 

दसैंका लागि उडान गर्ने तयारी भएको जानकारी आएको छ।’ प्रत्येक बिहीबार धनगढी–पाटन, पाटन–धनगढी उडान भर्दै आएको समिट एयरले यात्रु अभावमा उडान भर्न नसकेको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए। 

यसरी लामो समयसम्म हवाई सेवा बन्द हुँदा सेवाग्राही समस्या छन्। फागुनदेखि एक महिना सञ्चालन आएको हवाई सेवा फेरि चैत १० गते देखि बन्द छ।  बैतडीसँगै सञ्चालनमा आएको बझाङमा नेपाल एयरलाइन्सले समेत सेवा दिन थालिसकेको छ। तर बैतडीमा भने हवाई सेवा बेलाबेला अवरुद्ध हुने गरेको छ।

 नियमित उडान नसक्नु र भाडा पनि महँगो भएको हुनाले यात्रु पाउन मुस्किल हुने गरेका सेवाग्राहीको भनाइ छ। ‘नियमित उडान हुने ठेगानसमेत हुँदैन, कहिले आउने कहिले नआउने, भाडा पनि महँगो भयो,’ पाटनका निवर्तमान मेयर केशवबहादुर चन्दले भने। 

धनगढीदेखि पाटनसम्म १७ मिनेटको हवाईयात्रा हुने गरेको छ। चैत्र १० गतेको पछिल्लो अन्तिम उडानका बखत ४ हजार ५ सय रुपैयाँ भाडा कायम भएको थियो। समिट एयरका भट्टका अनुसार असारमा हुने भनिएको उडानका लागि ५ हजार भाडा तोकिएको थियो। यद्यपि असारमा उडान भएको थिएन। इन्धनको मूल्यवृद्धिका कारण भाडा पनि बढ्ने गरेको उनले बताए। 

पाटन विमानस्थल झन्डै २६ वर्षपछि २०७७ असोज अन्तिम साताबाट सञ्चालनमा आएको थियो। बैतडी भारतसँग सिमाना जोडिएको जिल्ला भएका कारण पर्यटकलाई पनि सहज हुने विश्वास छ। तर, नियमित उडान नहुँदा समस्या हुने गरेको नेपाल पर्वतारोहण संघका सुदूरपश्चिम सचिव अमरराज भट्टराईले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.