दार्चुलाका बाढीपहिरो प्रभावितलाई आजैदेखि राहत वितरण गरिने
दार्चुला : दार्चुलाका बाढीपहिरो पीडितलाई आजदेखि राहत वितरण सुरु गरिने भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको आइतबार बिहान (आइतबार) बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो ।
अविरल वर्षासँग शुक्रबार रातिदेखि आएको पहिरो र बाढीले जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ।
हालसम्म ५ जनाको शव फेला परेको छ भने १० जना बेपत्ता छ। पहिरोमा परी ८ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्यायले बताए। ८ जना घाइते मध्ये पाँचजनाको उपचार भइरहेको छ भने ३ जना डिस्चार्ज भइसकेका छन् ।
बेपत्ता भएकाहरूको सुरक्षाकर्मी , नेपाल रेडक्रस सोसाइटी र स्थानीय नागरिकले खोजी गरिरहेका छन् ।
यसैबीच दार्चुलाको श्री महेन्द्र नमुना मावि खलंगा दार्चुलाका बालबालिका प्रभावित भइका भएका छन्।
प्राध्यापक रामदत्त जोशीले बाढी प्रभावित भएका विद्यार्थीलाई आर्थिक सहयोग गर्ने बताएका छन् ।