द ब्रिटिस कलेजको 'दीक्षान्त समारोह २०२२' सम्पन्न

काठमाडौँ : द ब्रिटिस कलेजको 'दीक्षान्त समारोह २०२२' सम्पन्न भएको छ। यस वर्ष ४१५ जना विद्यार्थी दीक्षित भएका छन्। द हायत रिजेन्सी होटेलमा आयोजना गरिएको दीक्षान्त समारोहमा विशिष्ठ व्यक्तिहरूको उपस्थिति थियो।
यस वर्ष धेरैजना विद्यार्थीहरू भएका कारण दीक्षान्त समारोह दुई चरणमा आयोजना गरिएको थियो। पहिलो चरण बिहानमा विजनेशका विद्यार्थीहरू दीक्षित भए भने आइटीका विद्यार्थीहरू दिउँसो दीक्षित भएका थिए।
कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कडेँलले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरेका थिए।
त्यस्तै द ब्रिटिस कलेजका सिइओ राजन कडेँलले स्वागत मन्तव्य दिएका थिए। उनले दीक्षित भएका विद्यार्थीहरूलाई बधाई दिनुका साथै थप सफलताको कामना गरे।
प्रतिक्रिया दिनुहोस !
