डेंगुबाट बागमती प्रदेशमा एकैदिन दुईजनाको मृत्यु

डेंगुबाट बागमती प्रदेशमा एकैदिन दुईजनाको मृत्यु

मकवानपुर : डेंगुबाट बागमती प्रदेशमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका -१ चौकीटोल निवासी १३ वर्षीय बालक र ललितपुर ग्वार्को निवासी ३६ वर्षीय पुरुष रहेका छन् । 

उनीहरु दुवैको आज काठमाडौँस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले मृतक दुवैजना डेंगुबाट संक्रमित भएको र अस्वस्थ भइ काठमाडौँस्थित अस्पतालमा उपचाररत थिए । 

बागमती प्रदेशमा हालसम्म डेंगुका संक्रमितको संख्या ८९१७ पुगेको र सबैभन्दा बढी संक्रमित ललितपुरमा रहेको उनले बताए । 

ललितपुरमा मात्रै ३ हजार ७९ जना संक्रमित रहेका छन् ।

 त्यस्तै, काठमाडौंमा १ हजार ७९७, मकवानपुरमा १ हजार ४५, चितवनमा २०५ र धादिङ जिल्लामा १२१ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।

यी ५ वटा जिल्लाहरुमा संक्रमितको संख्या निकै बढेको  छ।  डेंगु नियन्त्रणभन्दा बाहिर जाने संभावना भएकाले आफूहरुले केन्द्रीय सरकारसँग स्वास्थ्य सुरक्षाका सामग्री माग गरेको निर्देशक श्रेष्ठले बताए । 
बागमती प्रदेशकै रसुवा जिल्लामा भने हालसम्म संक्रमितको संख्या शून्य रहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.