डेंगु जोखिम बढेपछि स्वास्थ्य मन्त्रालयले कर्मचारीलाई भन्यो- कार्यालय समयमा पूरा बाहुला भएको पोशाक लगाउनू

डेंगु जोखिम बढेपछि स्वास्थ्य मन्त्रालयले कर्मचारीलाई भन्यो- कार्यालय समयमा पूरा बाहुला भएको पोशाक लगाउनू

काठमाडौंः डेंगु जोखिम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउन कर्मचारीलाई आग्रह गरेको छ । 

स्वास्थ्य मन्त्रालयले कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउन कर्मचारी, सार्वजनिक, सामुदायिक र नीजि क्षेत्रमा कार्यरत कर्मचारीलाई अनुरोध गरेको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले डेंगु नियन्त्रणको उपायका बारेमा विशेषज्ञहरूसँग नियमित परामर्श बैठक र विभिन्न सरोकारवालासँग छलफल र समन्वयात्मक प्रयासहरु भइरहेको बताए ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । प्रायः दिनको समय, विषेशगरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्नुहुन र कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउनुहुन नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरु एवं सार्वजनिक, सामुदायिक र नीजि क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा अनुरोध छ ।'

हालसम्म डेंगुबाट ८ हजार बढी मानिसमा संक्रमण देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.