जनकपुर पुगेर नागरिकता विधेयकको विषयमा के भने ओलीले ?

जनकपुर पुगेर नागरिकता विधेयकको विषयमा के भने ओलीले ?

जनकपुरधाम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा एमाले अन्य राजनीतिक दलसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताएका छन्। जनकपुरमा सोमबार एमालेद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले गठबन्धन सिद्धान्तहीन, नैतिकहीन, योजनाविहीन र कामै नलाग्ने विषय भएको हुनाले एमाले यस्तो कार्यमा संलग्न नहुने बताए। 

‘निर्वाचनको बेला थुप्रै राजनीतिक दलहरूलाई रेस्क्यु पनि गर्नुपर्ने हुन्छ। त्यसैले चुनावी तालमेल, छलफल हुनसक्छ तर, गठबन्धन भने हुँदैन्,’ अध्यक्ष ओलीले भने, ‘एमालेबाट तर्सिएका दलहरूलाई त गठबन्धन गर्नुनै पर्‍यो उहाँहरू एक्लै एमालेसँग भिड्ने कल्पना नगरे हुन्छ।’ 

एमालेबाहेक नेपालमा अन्य राजनीतिक दलले पार्टी जोगाउन सक्ने अवस्थानै नरहेको दाबी गर्दै ओलीले भने, ‘उहाँहरूको कामले, व्यवहारले र नीतिले जनता आजिज भइसकेका छन्। अब उहाँहरूको पार्टी अस्तित्वमा रह्न गाह्रो छ। अब कुनै सिद्धान्तको जलप लगाएर, कुनै नक्कली मुद्दा खडा गरेर कुनै झुटो अफवाह फैलाएर जनतालाई मुर्ख बनाउन सकिँदैन।’

जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनुपर्छ 

नागरिकता विधेयकको विषयमा बोल्दै अध्यक्ष ओलीले भने, ‘नागरिकताको सवालमा हामी जति कोही लडेको छैनन्। ०५१ सालमा म गृहमन्त्री हुँदा नागरिकता आयोग बनाएर साँच्चै नेपालमा नागरिकताको समस्या के हो भनी बुझ्न लगाएको थिए। तर, त्यसरी समाधान गर्न खोज्दा त्यो सरकारनै ढालियो,’ ओलीले थपे, ‘पछिल्लो चार वर्षदेखि अहिलेकै गठबन्धनका दलहरूको साँठगाँठमा मै प्रधानमन्त्री हुँदा संसद्मा राखिएको नागरिकतासम्बन्धी प्रस्ताव समितिकै एकजना सदस्यले रोकेको रोकेकै गरेपछि तीनवर्ष अडकयो। जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्छ भनेर अध्यादेशबाट मैले ऐन ल्याए। तर, यही गठबन्धनका यही मान्छेहरूको इशारामा मुद्दा हालेर त्यसलाई रोकाए।’

नागरिकको सन्तानले नागरिकता पाउनुपर्छ तर, अहिलेको सरकार देशका प्रमुख पार्टीसँग सरसल्लाह गर्ने, राष्ट्रपतिसँग सरसल्लाह गर्ने वा राष्ट्रपतिले उठाएका सवालहरूमा छलफल गर्ने आवश्यकतानै न ठानेको उनको अरोप थियो। ओलीले भने, ‘संसद्मा छलफल हुन दिँदैनन्। बाहिरै संविधान नजानेका अनाडी मान्छेहरू बसेर राष्ट्रपतिको कुरा नमान्ने, पुनर्विचार नगर्ने बलजफ्ती गठबन्धनको बहुमत छँदैछ त्यसलाई अस्वीकार गर्ने काम गर्छन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.