नेपाल विदेशीहरूको रणनीतिक प्रतिस्पर्धास्थल बन्यो : राप्रपा अध्यक्ष लिङ्देन

नेपाल विदेशीहरूको रणनीतिक प्रतिस्पर्धास्थल बन्यो : राप्रपा अध्यक्ष लिङ्देन

बेनी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल विदेशीहरूको रणनीतिक प्रतिस्पर्धास्थल बनेको बताएका छन्। 

राप्रपाले मंगलबार बेनीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम तथा आमसभालाई सम्बोधन गर्दै लिङ्देनले संविधान, नीति, कानुन निर्माणदेखि गठबन्धन, सरकार बनाउन विदेशी शक्ति राष्ट्रले हस्तक्षेप गरेको बताए। 

'आन्तरिक एकता बलियो नभएका कारण नेपाल शक्ति राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धास्थल जस्तो बनेको छ,' उनले भने 'नेतृत्वको असक्षमताका कारण यहाँको निर्णय गर्ने शक्ति विदेशीको हातमा पुगेको हो।'

अध्यक्ष लिङ्देनले राजनीतिक नेतृत्व पुस्तान्तरणविना परिवर्तन र विकास सम्भव नभएको दावी गरे। नेपालको अवस्था र व्यवस्थामा परिवर्तन गर्न नेतृत्व हस्तान्तरण प्रमुख राजनीतिक मुद्दा बनाउनुपर्ने उनको भनाइ थियो।  

'धेरै पटक अवसर पाइसकेका र परीक्षण भइसकेका नेतृत्वबाट देशको समस्या समाधानको सम्भावना छैन,' उनले भने 'पुराना नेतृत्वसँग सुध्रने र सक्किने मात्र विकल्प बाँकी छ। असफल नेतृत्वलाई अवसर दिँदा नागरिकले दुःख पाएका हुन्।' 

राप्रपाको पछिल्लो महाधिवेशनबाट नेतृत्व हस्तान्तरणको थिती बसाएको बताउँदै लिङ्देनले गत स्थानीय तह चुनावमा धरान र काठमाडौंका नागरिकले ठूला दलको विकल्प रोजेर सच्चिने सन्देश दिएका बताए।  

भ्रष्ट्राचारलाई आमाको रगत पिउनु सरहको पाप सम्झेर सपथ लिएको बताउँदै राप्रपा अध्यक्ष लिङ्देनले भ्रष्ट्राचार विरुद्ध चट्टानी हिसाबले प्रस्तुत हुने प्रतिवद्धता दोहोर्‍याए। देशको राजनीतिक नेतृत्वको असक्षमताका कारण महंगी, भ्रष्ट्राचार, ऋण, बेरोजगारीको समस्या बढेको उनले बताए।  

कार्यक्रममा राप्रपाका नेता भीमप्रसाद गौचन, जगतप्रसाद गौचन लगायतले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री सहितको व्यवस्था, पहिचानका लागि धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने बताए। 

सभामा जिविस म्याग्दीका पूर्व सभापति चक्रपाणी आचार्य, विश्व हिन्दु महासंघका उपाध्यक्ष डण्डपाणी पौडेल लगायत सय जनाभन्दा बढी राप्रपामा प्रवेश गरेका राप्रपाका जिल्ला सहसचिव देवेन्द्र घिमिरेले बताए। 



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.