नमस्ते पेले ल्यायो 'फेष्टिभ क्याम्पेन'

नमस्ते पेले ल्यायो 'फेष्टिभ क्याम्पेन'

काठमाडौं : नमस्ते पे ले दशैं, तिहार तथा छठ पर्वलाई समेट्ने गरी फेष्टिभ क्याम्पेन ल्याएको छ। 

अभियानमा ४९ दिनसम्म नमस्ते पेका प्रयोगकर्ताहरुले विभिन्न सेवाहरु तथा अफर पाउनेछन्। बम्पर अफरका रूपमा सात भाग्यशाली विजेताहरूले शतप्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्। 

सबैभन्दा धेरै ट्रान्जेसन गर्ने प्रयोगकर्ताहरूले  शतप्रतिशत नै क्यासब्याक पाउने छन्। यसमा वालेट टु वालेट ट्रान्सफर र  लोड फन्डको गणना गरिँदैन।  

नमस्ते पेमार्फत युटिलिटी बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पे ले तिरिदिने अफर रहेको छ। 

उडान टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले एक हजार क्यासब्याक पाउनेछन् र अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड उडान टिकट पाउनेछन्।

दशैं दक्षिणाको रूपमा, आफ्नो परिवार र आफन्तहरूलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरूले शतप्रतिशत नै क्यासब्याक पाउनेछन्।

त्यस्तै, अभियान अवधिभर सबै प्रयोगकर्ताले मोबाइल टपअपमा १० रुपैयाँसम्म १० प्रतिशत नै क्यासब्याक पाउनेछन्। प्रयोगकर्ताहरूलाई प्रोमोकोड उपलब्ध गराइनेछ जुन तीन पटक रिडिम गर्न सकिन्छ।

यस्तै नमस्ते पेले भ्वाइस र डेटा प्याक, बिलको भुक्तानी, मर्च्यान्ट भुक्तानी, उडान टिकटआदि सहित विभिन्न सेवाहरूमा विभिन्न फ्ल्यास अफर प्रदान गर्नेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.